एजेन्सी । एफए कप फुटबलको सेमिफाइनल ड्र सार्वजनिक भएको छ ।
इंग्ल्यान्ड फुटबल एसोसिएसनले सेमिफाइनल समीकरण पुरा भएपछि ड्र सार्वजनिक गरेको हो ।
सार्वजनिक ड्र अनुसार साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलसँग खेल्नेछ ।
सिटीले क्वाटरफाइनलमा न्युकासल युनाइटेडलाई २-० ले हराएर सेमिफाइनलमा पुगेको हो ।
कीर्तिमानी १३ पटकको च्याम्पियन आर्सनलले सेफिल्ड युनाइटेडलाई २-१ ले हराएको थियो ।

गत सिजन सिटीले वाट्फोर्डलाई ६-० ले हराएर उपाधि जितेको थियो ।
यस्तै अर्को सेमिफाइनलमा चेल्सीले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ ।
चेल्सीले लेष्टर सिटीलाई १-० ले हराएर सेमिफाइनलमा स्थान बनाउँदा युनाइटेडले क्वाटरफाइनलमा नर्विचलाई २-१ ले हराएको थियो ।
सेमिफाइनल खेल जुलाई १८ र १९ मा वेम्बलीमा हुनेछ ।
फाइनल खेल अगष्ट १ मा वेम्बलीमै हुनेछ ।