एजेन्सी । म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गएको छ ।
शनिबार भएको क्वाटरफाइनलमा नर्विच सिटीलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युनाइटेड अन्तिम चारमा प्रवेश गरेको हो ।
नर्विचको मैदानमा निर्धारित समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।
अतिरिक्त समयमा कप्तान ह्यारी मगायरले गोल गर्दै युनाइटेडलाई २-१ को जित दिलाए ।

त्यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युनाइटेडले अग्रता बनाएको थियो ।
खेलको ५१ औं मिनेटमा ओडन इघालोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७५ औं मिनेटमा तोड कान्टवेलले गोल गर्दै नर्विचलाई १-१ गोलको बराबरीमा फर्काए ।

यस्तै खेलको ८९ औं मिनेटमा टिम क्लोसले रातो कार्ड पाएपछि नर्विच १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो ।
यससँगै युनाइटेड कीर्तिमानी ३० औं पटक एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
