एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ ।
शनिबार भएको खेलमा बार्सिलोना घरेलु टिम सेल्टा भिगोसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।
सेल्टाको मैदानमा बार्सिलोनाका लागि लुइस स्वारेजले दुई गोल गरे । सेल्टाका फेडोर स्मोलोभ र इयागो आसपसले एक एक गरे ।
उपाधि दाबेदार बार्सिलोनाले २० औं मिनेटमा स्वारेजको गोलबाट अग्रता बनाएको थियो । ५० औं मिनेटमा फेडोरले गोल गर्दै घरेलु टोलीलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ६७ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए ।
तर, खेलको ८८ औं मिनेटमा आसपसले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।
सेल्टासँग बराबरीमा रोकिए पनि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
बार्सिलोनाले ३२ खेलबाट ६९ अंक जोडेको छ । र, बार्सिलोना रियल मड्रिडलाई १ अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो ।

एक खेल कम खेलेको रियलको ६८ अक रहेको छ । ३४ अंक जोडेको सेल्टा १६ औं स्थानमा रहेको छ ।
ला लिगा अन्तर्गत नै अर्को खेलमा एथ्लेटिक बिल्बाओले मालोर्कालाई ३-१ गोल अन्तरले हराएको छ ।
