एजेन्सी । फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र नेयमार आफ्नो आइडल खेलाडी भएको बताएका छन् ।
पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड एमबाप्पेले बीईन स्पोर्ट्ससँग कुरा गर्दै रोनाल्डो, मेस्सी र नेयमार आइडल भएको बताएका हुन् ।
'मसँग धेरै आइडल छन् । त्यहाँ रोनाल्डो छन् जो मलाई धेरै मन पर्थ्यो । यस अवधिमा हामीसँग रोनाल्डो र मेस्सीछ,' उनले भने, 'मसँग नेयमारसँग खेल्ने मौका छ । जो म युवा हुँदा खुब मन पर्थ्यो ।'
२१ वर्षे फरवार्ड एमबाप्पेलाई विश्व फुटबलमा मेस्सी र रोनाल्डोपछिका स्टार खेलाडीको रुपमा हेरिएको छ ।

सन् २०१६-१७ को सिजन मोनाकोमा सनसनी प्रदर्शन गरेपछि पीएसजी आएका एमबाप्पेले पीएसजीका लागि १ सय ११ खेलमा ९० गोल गरिसकेका छन् ।
एमबाप्पेले फ्रान्सका लागि विश्वकप उपाधि जितिसकेका छन् । विश्वकप जित्दा एमबाप्पे मात्र १८ वर्षका थिए ।
यस्तै एमबाप्पेले आफुले अहिलेसम्म देखेको विश्वको सर्वोकृष्ट गोल रोनाल्डोको भएको बताए ।
एमबाप्पेले च्याम्पियन्स लिगमा रियल मड्रिडमा रहदा रोनाल्डोले युभेन्ट्सविरुद्ध गरेको ओभरहेड गोल आफुले देखेको गोलमध्येको सर्वोकृष्ट भएको बताए ।