• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एसियन गेम्स : फुटबलमा रचिएला त ईतिहास ?
नमीन ढकाल
आइतबार, भदौ ३, २०७५ नमीन ढकाल
एसियन गेम्स : फुटबलमा रचिएला त ईतिहास ?

काठमाडौं ।  दक्षिण एसियामै नेपाली फुटबल सेमिफाईनल अगाडी बढ्न नसकेको धेरे भईसक्यो । साफ फुटबलको रेकर्ड हेर्दा नै दक्षिण एसियामा नेपाली फुटबलको हैसियत प्रष्टिन्छ ।

तर, नेपाली फुटबल यतिबेला एशियाली प्रतियोगितामा सहभागी छ । एउटा ईतिहास उसलाई पर्खिएर बसेको छ । एक गतिलो जितले नेपाली फुटबलले एउटा ईतिहासलाई कोर्न सक्छ । प्रतिक्षा त्यसैको छ ।

समूह चरणका सुरुवाती दुवै खेलमा पराजित नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना कठिन छ । तर, अन्तिम खेलमा पाकिस्तानलाई हराउन सकेमा नेपाली फुटबलले एउटा ईतिहास कोर्न सक्छ ।

शीर्ष दुईमा रहदै सिधै नकआउट चरण पुग्ने सम्भावना सकिएपनि ६ वटा समूह रहेको प्रतियोगितामा तेस्रो स्थानमा रहने उत्कृष्ट चार टोलीको रुपमा नेपाल अघिल्लो चरण प्रवेश गर्न सक्नेछ । त्यसैले दक्षिण एसियाली प्रतिद्धन्दी पाकिस्तानविरुद्धको खेल नेपाललाई महत्वपूर्ण छ ।

नेपालले एसियन गेम फुटबलमा भाग लिएको धेरै भयो । सन् १९८२ मा भारतमा भएको प्रतियोगिताबाट नेपाली फुटबलले लगातार सहभागिता  जनाउदैँ आएको छ । तर, जित भने एउटै निकाल्न सकेको छैन ।

प्रतियोगितामा नेपालले अहिलेसम्म मात्र एक गोल गर्न सकेको छ । वाई बि घलेले कुवेतविरुद्ध गरेको गोलनै एसियन गेम्समा नेपालको एक मात्र गोल हो ।

त्यसैले आज हुने खेलमा पाकिस्तानविरुद्ध जित निकाल्न नेपाललाई गोल आवश्यक छ । दक्षिण एसियाली प्रतिद्वन्द्वीको हिसावमा नेपालले केही सहज महशुश पक्कै गरेको हुनपर्छ ।

विगतको पाकिस्तानसँगको नतिजा हेर्न हो भने नेपालको प्रर्दशन सन्तोषजनक छ । यस पटक सुधारिएको प्रर्दशन गरेको नेपालले एसियाली पावर हाउस जापानसंग मात्र एक गोलले हारेको थियो । त्यस्तै दोस्रो खेलमा भियतनामसंग २–० को हार ब्यहोरेको थियो ।


रेकर्ड हेर्दा, एसियन गेममा सहभागि भएको पाँचैवटा संस्करणमा नेपालको अहिलेको प्रर्दशननै उत्कृष्ट हो । सन् १९९८ मा थाइल्याण्डमा भएको एसियन गेममा व्यहोरेको ६ गोल नेपाली टिमको राम्रो प्रर्दशन हो ।

नेपाल र पाकिस्तान अहिलेसम्म १५ पटक भिडेका छन् । जहाँ दुवैले ५÷५ खेलमा जित निकालेका छन् । पाँच खेल बराबरीमा सकिएको छ ।
नेपालले अन्तिम पटक सन् २०१३ को साफ च्याम्पियनसिपमा पाकिस्तानसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गरेको थियो । खेल बराबरीमा टुङ्गिएको थियो ।

एक शून्यले पछाडी परेको अवस्थामा नेपालका विमल घर्ति मगरको बराबरी गोल गरेका थिए । उही विमल अहिले नेपाली टिमको मुख्य सदस्य छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा कुर्सी जडानको काम सुरु
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
च्याम्पियन नेपाली यु–१६ टोली स्वदेश फर्किँदै
संकटाको जितमा पेम्बाको २ गोल
संकटाको जितमा पेम्बाको २ गोल
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP