काठमाडौं । राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित सम्मिलित पर्सिजा जाकार्ताले ईन्डोनेसियाको लिग वानमा बराबरी खेलेको छ ।
शनिबार भएको लिगको आफ्नो दोस्रो खेलमा पर्सिजाले बायान्कारासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
घरेलु टोली बायान्काराले खेलको २० औ मिनेटमा रेनान सिल्भाको गोलबाट अग्रता लिएको थियो । ५२ औ मिनेटमा पर्सिजाका तान्डुकन डुत्रले बराबरी गोल फर्काएका थिए ।
इभान डिमासले ६४ औ मिनेटमा गोल गर्दै पर्सिजालाई अग्रता दिलाउने काम गरे । त्यसको पाँच मिनेटपछि अन्डुकान डुआसेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
पर्सिजा २ खेलबाट ४ अंक जोड्दै तालिकाको साताै स्थानमा छ । लिगको पहिलो खेलमा पर्सिजाले जित निकालेको थियो ।
बायान्कारा ४ अंक सहित गाेल अन्तरका आधारमा तालिकाको १० औं स्थानमा छ ।