पोखरा । पोखरामा भएको १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलमा पुलिस क्लबका अजित भण्डारी सर्वोकृष्ट खेलाडी घोषित भएका छन् ।
विभागीय टिम पुलिसलाई फाईनल पुर्याएका अजित प्रतियोगिताका सर्वोकृष्ट चुनिएका हुन् ।
सर्वोकृष्ट घोषित अजितले एप्रिला स्कुटर प्राप्त गरे ।
विधागततर्फको पुरस्कारमा मनाङका खेलाडीले बाजी मारे ।
प्रतियोगिताको उत्कृष्ट फरवार्डमा मनाङका अन्जन विष्ट घोषित भए । उत्कृष्ट मिडफिल्डरमा मनाङका नितिन थापा, डिफेन्डरमा सुरज बिक र गोलकिपरमा अशोक बराल चुनिए ।
प्रशिक्षकतर्फको पुरस्कारमा समेत मनाङले बाजी मार्यो । मनाङलाई उपाधि जिताएका तोपे फुजा उत्कृष्ट प्रशिक्षक चुनिए । फेयर प्लेको पुरस्कार थ्री स्टार क्लबले प्राप्त गर्यो ।
विधागततर्फ उत्कृष्ट हुनेले जनही १५/१५ हजार प्राप्त गरे ।
सर्वाधिक गोलकर्ता भरत साह, अन्जन बिष्ट, निर कुमार राई, सुशन श्रेष्ठ र त्रिदेब गुरुङ भए । उनीहरुले २/२ गोल गरेका थिए । सर्वाधिक गोलकर्ता बनेका उनीहरुले ५/५ हजार पाए ।
प्रतियोगिताको उपाधि भने टाईब्रेकरमा पुलिसलाई हराउँदै मनाङले चुम्न सफल बन्यो ।