पोखरा । पोखरामा जारी १८ औं संकरणको आहा ! रारा गोल्डकप फुटबलको फाइनलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
पोखरा रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र पुलिसले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा पुलिसको तुलनामा मनाङले केहि अवसर बनाएको थियो । तर, गोल गर्न भने सकेन ।
खेलको ४३ औं मिनेटमा मनाङका विमल रानाको ओभर हेड किक पुलिसका अजित भण्डारीले गोललाइनबाट क्लियर गरेका थिए ।
आज दुवै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यस अघि सेमिफाइनलमा पुलिसले साविकको विजेता थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गरेको थियो । यस्तै मनाङले साविक उपविजेता त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो ।