एजेन्सी । अर्जेन्टिनी फरवार्ड पाउलो ड्याबालाको सम्झौता नविकरणमा युभेन्ट्स ईच्छुक देखिएको छ ।
गत सिजन प्रिमियर लिग क्लबको रोजाईमा परेका ड्याबालालाई क्लबमै राख्न युभेन्ट्सले ईच्छा देखाएको हो ।
ड्याबाला गत सिजन ईङ्ल्याण्ड जाने सम्भावना प्रवल बनेको थियो ।
म्यान्चेष्टर युनाईटेड र टोटेनहमले अर्जेन्टिनी स्टारलाई अनुबन्धनको ईच्छा राखेका थिए । तर युभेन्ट्ससंग मुल्यको बिषयमा कुरा नमिल्दा ड्याबाला ईङ्ल्याण्ड जान रोकिएका थिए ।
तर युभेन्ट्समा ड्याबालाको उच्च प्रर्दशनसंगै क्लब उनीसंग सम्झौता नविकरणमा तयार देखिएको हो ।
क्लबले उनलाई सम्झौता नविकरणका लागि तयार रहेको भन्दै छलफल अघि बढाएको छ । तर क्लबसंग ईमेज अधिकारको बिषयलाई लिएर ड्याबालाको असन्तुष्टि छ ।
तर नयाँ सम्झौतामा त्यसलाई भिन्न राखेर नयाँ सम्झौता गर्न क्लब तयार देखिएको छ । सोही कारण ड्याबाला आफ्नो प्रस्तावमा सहमत हुने क्लबको विश्वास छ ।
स्पेनबाट क्रिस्टियानो रोनाल्डो टुुरिन आएपछि ड्याबालाको भविष्यलाई लिएर विभिन्न अड्कल बाजी सुरु भएका थिए ।
पछिल्लो समय ड्याबाला र रोनाल्डोको उत्कृष्ट प्रर्दशनमा युभेन्ट्सले सिरि एमा आफुलाई शीर्ष स्थानमा राख्न सफल भएको छ ।