बुन्डेस लिगा र लिग वान फुटबल स्थगित
२०२० मार्च १४, शनिबारखेलपाटी संवाददाता

एजेन्सी । जर्मनी र फ्रान्सको शीर्ष दुई डिभिजन लिग फुटबल खेल स्थगित गरिएको छ ।
कोरोना भाईरस विश्वभर महामारीको रुपमा फैलिएपछि जर्मनीको बुन्डेस लिगा र फ्रान्सको लिग वान फुटबल तत्कालबाट लागु हुने गरि स्थगित गरिएको हो ।
जर्मन फुटबल लिगले बुन्डेस लिगा आगामी अप्रिल २ सम्मको लागि स्थगित गरिएको जनाएको छ ।
यस्तै फ्रान्सको लिग डी फुटबल प्रोफेसनलले शुक्रबारबाटको सम्पूर्ण खेल स्थगित गरिएको जनाएको छ ।
चीनबाट फैलिएको कोरोना युरोपियन राष्ट्रमा द्रुत गतिमा फैलिएपछि अधिकांस देशको खेल गतिविधि ठप्प भएको छ ।
युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले शुक्रबार मात्र च्याम्पियन्स लिग र युरोपा लिग स्थगित गरेको थियो ।