एजेन्सी । इटालियन क्लब रोमाले युरोपा लिग फुटबलको लागि स्पेन जान नपाउने भएको छ ।
कोरोना भाईरसको कारण देखाउँदै इटालीले अनुमति नदिएपछि रोमाले स्पेनको भ्रमण नगर्ने भएको हो ।
युरोपा लिगको अन्तिम १६ अन्तर्गत सेभियासँगको पहिलो लेगका लागि रोमाले स्पेन जाने अनुमति मागेको थियो । तर, सरकारले रोमालाई स्पेन जान रोकेको छ ।
रोमाले सेभियासँग बिहिबार राति उसैको मैदानमा खेल्ने तालिका रहेको थियो ।
कोरोनाले महामारीको रुप लिएपछि इटाली सरकारले अहिले आफ्नो देशमा आवतजावतमा रोक लगाएको छ ।