एजेन्सी । इङ्लिस क्लब लिभरपुलका गोलकिपर एलिसान बेकरले प्रिमियर लिग अन्तर्गत एभर्टनविरुद्धको खेल गुमाउने भएका छन् ।
हिप इन्जुरीको कारण एलिसानले अर्को साता हुने मर्सीसाइड डर्बी गुमाउने भएका हुन् । लिभरपुलले सोमबार एभर्टनसँग उसैको मैदानमा खेल्नेछ ।
२७ वर्षे गोलकिपर एलिसानले बुधबार राति हुने च्याम्पियनसिप लिग अन्तर्गत अन्तिम १६ को दोस्रो लेग समेत गुमाउने छन् । लिभरपुलले घरेलु मैदानमा स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्नेछ ।
एलिसानले एफएफ कप अन्तर्गत चेल्सीसँगको खेलअघि अभ्यासको क्रममा चोट बोकेका थिए ।
यस सिजन एलिसानले २८ खेल खेलेका छन् ।