शनिबार, असोज ४, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. थाइल्याण्डको विश्वकप यात्रा ....

थाइल्याण्डको विश्वकप यात्रा ....

२०२० फेब्रुअरी २२, शनिबारखेलपाटी संवाददाता

थाइल्याण्डको विश्वकप यात्रा ....

काठमाडौं । अष्ट्रेलियामा जारी महिला टी-ट्वान्टी विश्वकपमा एसोसियट राष्ट्र थाइल्याण्डले पहिलो पटक सहभागिता जनाएको छ ।

थाइल्याण्डले शनिबार सन् २०१६ को विश्व विजेता वेष्ट इण्डिजविरुद्ध खेल्दै विश्वकपमा ऐतिहासिक डेब्यु गर्यो । तर, डेब्यु खेलमा थाइल्याण्ड टेष्ट राष्ट्रसँग सहजै ७ विकेटले पराजित भयो ।

सन् २०१९ मा भएको विश्वकप छनोटमा पीएनजीलाई पराजित गर्दै थाइल्याण्डले पहिलो पटक विश्वकपमा सहभागिता पक्का गरेको थियो ।

त्यसअघि घरेलु मैदानमा भएको एसिया कप छनोटमा थाइल्याण्डले नेपाललाई पराजित गर्दै उपाधिसहित विश्वकपको यात्रा सुरु गरेको थियो ।

थाइल्याण्ड नेपालको चिरपरिचित प्रतिद्वन्दी हो । नेपालले अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु समेत थाइल्याण्डविरुद्ध नै गरेको थियो ।

सन् २००७ मा मलेसियामा भएको पहिलो महिला एसीसी प्रतियोगितामा थाइल्याण्डविरुद्ध नेपालले अन्तराष्ट्रिय खेलमा डेब्यु गरेको थियो । नेरी थापाको नेतृत्वमा रहेको नेपालले पहिलो खेलमा ५५ रनको एतिहासिक जित हात पार्न सफल रह्यो ।

त्यसयता नेपालले थाइल्याण्डसँग ६ पटक प्रतिस्पर्धा गरेको छ । तर, नेपालले पहिलो खेलमा बाहेक थाइल्याण्डलाई पराजित गर्न सकेको छैन । पटक पटक थाइल्याण्डसंग पराजित हुँदा नेपालले थुप्रै अवसर गुमाउँदै आएको छ ।

६ राष्ट्र सम्मिलित विश्वकप छनोटमा समेत नेपाल थाइल्याण्डसँग पराजित हुँदा ग्लोबल छनोटमा पुग्न असफल भएको थियो । यस्तै एसिया कप छनोटको फाइनलमा समेत नेपाल थाइल्याण्डसँगै पराजित भएको थियो ।

त्यसैले नेपालको लागि थाइल्याण्ड हाल मुख्य चुनौतिको रुपमा रहेको छ । तर, थाइल्याण्डले एतिहासिक विश्वकपमा सहभागिता जनाउँदा नेपाली टिम खुसी छ । राष्ट्रिय क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्री समेत थाइल्याण्डले विश्वकप खेलेको देख्दा खुसी रहेको बताउँछिन् ।

थाइल्याण्डले एसोसियट राष्ट्रको प्रतिनिधित्वको रुपमा विश्व सामु खेलिरहेको रुबिनाको बुझाई छ ।

'थाइल्याण्डले विश्वकपमा खेल्दा अन्य एसोसियट राष्ट्रलाई समेत एक्सपोजर मिल्छ,' कप्तान रुबिनाले खेलपाटीसँग भनिन्, 'थाइल्याण्डले विश्वकप खेल्दा हामीले किन खेल्न नसक्ने भन्ने एक प्रोत्सान मिलेको छ ।'

थाइल्याण्डको उडान -

सन् २००७ मा थाइल्याण्ड क्रिकेट संघले अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट एसोसियट राष्ट्रको मान्यता पाएसँगै एसियन क्रिकेट परिषद (एसीसी) को पहिलो प्रतियोगितामा सहभागिता जनाएको थियो । प्रतियोगितामा थाइल्याण्ड सबै खेलमा ४० रनमा समेटिएको थियो ।

त्यस प्रतियोगितामा (नेपालको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता) मा नेपाल भने उपविजेता बनेको थियो ।

तर, प्रतियोगितामा खराब प्रदर्शन गरेपनि थाइल्याण्ड क्रिकेट संघले क्रिकेटमा लगानी गर्दै गयो । खेलाडीलाई अनुबन्ध देखि अन्तराष्ट्रिय खेलको एक्सपोजर दिंदै गयो । संघले क्रिकेटलाई संस्कारको रुपमा विकास गर्न चाहेको थियो ।

फलस्वरूप हाल थाइल्याण्डले ग्रासरुट क्रिकेट बलियो बनाएको छ र उमेर समूहको क्रिकेट आयोजना गर्दै आएको छ । क्षेत्रिय क्रिकेटमा राम्रो गरेको थाइल्याण्डले सन् २०१५, २०१७ र २०१८ को छनोट पार गर्न नसक्दा विश्वकपबाट पछि पर्दै आएको थियो ।

सन् २०१८ मा थाइल्याण्डले भारतका फर्ष्ट क्लास क्रिकेटर हर्षल पाठकलाई प्रशिक्षकमा नियुक्त गर्यो । पाठकको प्रशिक्षणमा रहेको टिमले विश्वकप सम्मको यात्रामा १७ टी-ट्वान्टी अन्तराष्ट्रिय खेलमा लगातार अपराजित हुँदा अष्ट्रेलियाको कीर्तिमान भंग गर्न सफल भयो ।

थाइल्याण्डबाट नेपाललाई पाठ -

थाइल्याण्डबाट नेपालले मात्र नभएर एसोसियट राष्ट्र सबैले पाठ लिन जरुरी रहेको छ । थाइल्याण्ड क्रिकेट संघले गर्ने लगानी देखि प्रदान गर्ने अन्तराष्ट्रिय देखि घरेलु खेलहरुमा नेपाल क्रिकेट संघ (क्यान) ले समेत ध्यान दिनु पर्नेछ ।

लामो समयको निलम्बन फुकुवाबाट निस्किएको क्यानले पहिलो पटक महिला क्रिकेटरलाई समेत कन्ट्रयाक्टमा राख्ने निर्णय लिएको छ जुन सकारात्मक पक्ष हो । यसबाट सबै खेलाडी खुसी र प्रेरित छन् ।

यस्तै क्यानले भौतिक पूर्वाधार देखि घरेलु क्रिकेटमा जोड दिन जरुरी छ । प्रधानमन्त्री कप नामको एउटा प्रतियोगिता बाहेक महिला क्रिकेटमा खासै गतिलो कार्यक्रम छैनन् ।

न स्तरीय प्रतिस्पर्धा, न त खेलाडी उत्पादनमा सहयोग । उल्टै खेलाडीहरु पाउने पुरस्कार समेत ठगिदै आएका छन् ।

त्यस बाहेक महिलाको फ्रेन्चाइज क्रिकेट वुमन्स च्याम्पियन्स लिग (डब्लुसील) क्रिकेटले गत वर्ष पहिलो संस्करण पुरा गर्यो ।

भद्रगोल घरेलु संरचना र अनिश्चित भविष्यले धेरै नयाँ खेलाडी आउन सकेका छैनन् ।

विद्यालय स्तरबाट सुरु भएको नेपालको महिला क्रिकेट अहिले ठप्प जस्तै छ । जसको प्रभाव नेपालको नतिजा र प्रर्दशनमा प्रष्ट देखिन्छ । दशक बितिसक्दा समेत पहिलो पुस्ताका खेलाडीलाई विस्थापित गर्ने खेलाडी उत्पादन हुन सकेका छैनन् ।

विश्व परिदृष्यमा हेर्ने हो भने पुरुष क्रिकेट भन्दा महिला क्रिकेटमा बढि सम्भाबना रहेको छ ।

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

Bhat Bhateni
 ७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

७ महिनापछि नेपाली टोलीमा सीताको पुनरागमन

नेपालले मलेसियामा सिरिज खेल्ने

नेपालले मलेसियामा सिरिज खेल्ने

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

पाकिस्तान एक खेलअगाबै सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

भुटानलाई हराउँदै भारत सेमिफाइनलमा

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

मेसीले मियामीसँग सम्झौता नवीकरण गर्ने

‘द स्पेशल वान’  माउरिन्हो

‘द स्पेशल वान’ माउरिन्हो

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

क्रिकेट टोलीलाई युएईले दिएन भिसा

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म

नेपाल र वेस्ट इन्डिज खेलको टिकटदर : १५ हजारसम्म