एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगका खेलहरु आज (बिहिबार) बाट सुरु हुँदैछ ।
अन्तिम ३२ को खेल अन्तर्गत बिहिबार राति म्यानचेस्टर युनाइटेड, आर्सनल, रोमा, स्पानियोल, सेभिया, इन्टर मिलान, आयाक्स र बेन्फिका लगायतका क्लबले पहिलो लेगको खेल खेल्ने छन् ।
इन्ग्लिश क्लब युनाइटेडले बेल्जियमको क्लब ब्रुगासँग उसैको मैदानमा खेल्नेछ । खेल नेपाली समय अनुसार राति ११:४० बजे सुरु हुनेछ ।
ब्रुगाविरुद्ध युनाइटेड जित निकाल्दै घरेलु मैदानको दोस्रो लेग सहज बनाउने लक्ष्यमा रहेको छ । यस्तै ब्रुगा पनि घरेलु मैदानमा युनाइटेडलाई स्तब्ध बनाउने योजनामा हुनेछ ।
आर्सनलले ओलम्पिकाओससँग उसैको मैदानमा खेल्नेछ । खेल राति १:४५ बजे सुरु हुनेछ ।
स्पेनिस क्लब सेभियाले सिएफआर क्लुजसँग उसैको मैदानमा खेल्नेछ ।
यस सिजन उत्कृष्ट लयमा रहेको इटालियन क्लब इन्टरले लुडोगोरेट्स राज्ग्राडसँग खेल्नेछ । आयाक्सले स्पेनिस क्लब गेटाफेसँग खेल्दा बेन्फिकाले शाख्तर डोनेक्स्टसँग खेल्नेछ ।
रोमाले जेन्टसँग खेल्दा वुल्भ्सले स्पानियोलसँग खेल्नेछ ।
यस्तै स्पोर्टिङ सिपीले स्तानबुलसँग खेल्दा फ्रान्कफर्टले साल्जवर्ग तथा सेल्टिकले एफसी कोएबेनहभनसँग खेल्नेछ ।