आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

जापानसंग नेपालको सुधारिएको प्रर्दशन

मंगलबार, २९ श्रावण २०७५खेलपाटी संवाददाता
जापानसंग नेपालको सुधारिएको प्रर्दशन
mustang rice ad

काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स अन्तर्गत मंगलबार भएको पुरुष फुटबलमा नेपालले सुधारिएको प्रदर्शन गरेको छ ।

अघिल्ला एसियन गेम्सको तुलनामा उत्कृष्ट खेल पस्किएपनि नेपाल जापानसंग १ – ० गोल अन्तरले पराजित भयो ।

विबावा मुक्ति रंगशालामा  नेपालले सुरुवाती आठौं मिनेटमा गोल खाएपनि बाँकी समय जापानी टोलीलाई रोक्न सफल भएको थियो ।

विगतका दिनमा भन्दा उत्कृष्ट खेलेको नेपाली टोलीले एसियाको पावर हाउस जापानसंग डिफेन्सिभ खेलको नमुना प्रस्तुत गरेका थिए । नेपालको डिफेन्सिभ खेल प्रसंसनिय देखिन्थ्यो । त्यसैले नेपाली टिमले जापानलाई धेरै गोल हान्ने कुनै मौका दिएन ।

तुलनात्मक कमजोर टिम नेपालविरुद्ध एक पक्षीय खेल खेलेको जापानले बारम्बार गोल गर्ने अवसर समेत सिर्जना गरेको थियो । तर, नेपाली टिमका गोलरक्षक तथा कप्तान किरण चेम्जोङ बाधक बनेका थिए ।

एसियन गेम्समा चिरपरिचित प्रतिद्वन्द्वी जापानसंग नेपालको यो चौथो हार हो । एसियन गेम्सको अघिल्ला तीन खेलमा समेत नेपाल पराजित भएको थियो । जापानविरुद्धको अघिल्ला तीन खेलमा पनि गोल गर्न नसकेको नेपालले १४ गोल खाएको थियो ।

एसियन गेम्समा नेपालले पहिलो पटक जापानसंग सन् १९८६ मा खेलेको थियो । दक्षिण कोरियामा भएको उक्त खेलमा नेपाल ५–० गोल अन्तरले पराजित भएको थियो । यस्तै सन् १९९८ मा थाइल्याण्डको राजधानी बैँककमा भएको एसियन गेम्समा नेपालले ५–० ले नतिजा जापानलाई सुम्पिएको थियो ।

सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल जापानसंग ४–० ले पराजित भएको थियो । चौथो भेटमा भने नेपालले गोल अन्तर झिनो बनाउन सफल भएको छ ।

नेपालले एसियन गेम्समा जापानी टोलीसंग निकालेको १–० गोलको झिनो नतिजा नेपालको पहिलो भने हैन । नेपाली टिमले यसअघि पनि धेरै पटक १–० को नतिजाले हार बेहोरेको छ ।

नेपालले यसअघि सन् १९८६ मा दक्षिण कोरियामा भयको एसियन गेम्समा बङ्गलादेशसंग १–० को हार बेहोरेको थियो । यस्तै जापानमा सन् १९९४ मा भएको एसियन गेम्समा नेपाल ओमानसंग १–० गोल अन्तरमा नै पराजित भएको थियो ।

त्यस्तै सन् १९९८ मा थाइल्याण्डमा भएको एसियन गेम्समा पनि नेपाल भारतसंग १ – ० गोल अन्तरले नै पराजित भएको थियो ।  

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

आयोजक क्लब झापा गोल्डकपको क्वार्टर फाइनलमा

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

बंगलादेशलाई हराउँदै भारत च्याम्पियन

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

Bajaj Pulsar Motorcycle Ad
‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका