• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिगमा तीन खेल – सम्पूर्ण जानकारी
खेलपाटी संवाददाता
बिहीबार, फागुन १, २०७६ खेलपाटी संवाददाता
लिगमा तीन खेल – सम्पूर्ण जानकारी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगका अन्तिम चरणका खेल आज (बिहिबार) बाट सुरु हुदैछ ।

अन्तिम चरणको पहिलो दिन तीन खेल हुनेछ ।

पहिलो खेलमा पुलिस र फ्रेन्ड्स, दोस्रोमा एपीएफ र ब्रिगेड तथा तेस्रोमा सरस्वती र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

रेलिगेशनमा पर्ने अन्तिम एक टोलीको टुङ्गो लागिसकेको छ । सरस्वती अर्को सिजनका लागि बी डिभिजनमा घटुवा हुने पक्का भएको छ ।

लिग विजेताको टुङ्गो भने मछिन्द्र र आर्मीबीचको अन्तिम खेलले लगाउनेछ ।

पहिलो खेलमा भिड्न लागेको पुलिस र फ्रेन्ड्स दुवै शीर्ष ६ का दाबेदार हुन् । तर फ्रेन्ड्सको शीर्ष ६ मा रहदै राष्ट्रिय लिग खेल्ने गणितिय सम्भावना मात्र रहेको छ ।

पुलिस भने फ्रेन्ड्सबिरुद्व जित निकाल्दै शीर्ष ६ को दौडमा आफुलाई सुरक्षित गर्न चाहन्छ । फ्रेन्ड्स १४ अंक सहित तालिकाको दशौं स्थानमा छ । पुलिस भने १७ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।

अर्को खेलमा एपीएफ र ब्रिगेड आमने सामने हुनेछन् । रेलिगेशनबाट जोगिएका दुवै टिम लिगको सुखद अन्त्य गर्ने दाउमा छन् ।

एपीएफ ८ अंक सहित तालिकाको १३ औं स्थानमा रहँदा समान अंक जोडेको ब्रिगेड १२ औं स्थानमा छ । सर्वाधिक गोलकर्ताको दौडमा अगाडी रहेका एपीएफका आशिष लामालाई ब्रिगेडबिरुद्व अन्तिम खेलमा गोल गर्दै यस सिजनको लिगमा धेरै गोल गर्ने खेलाडीको सूचिमा अटाउने अवसर छ ।

आजै हुने अन्तिम खेलमा सरस्वती र संकटा भिड्नेछन् । यस सिजन रेलिगेशनमा परेको सरस्वती लिगको अन्तिम खेलबाट सुखद बिदाई लिन चाहन्छ ।

तर राष्ट्रिय लिग खेल्ने अभियानमा रहेको संकटालाई लिगको शीर्ष ६ को दौडमा कायम रहन जित निकाल्नै पर्ने दबाब छ । संकटा १५ अंक सहित नवौं स्थानमा छ । चार अंक जोडेको सरस्वती तालिकाको पुछारमा छ ।

जित निकाल्ने दबाबमा पुलिस

लिगको शीर्ष ६ मा स्थान बनाउन नेपाल पुलिस क्लबलाई अन्तिम खेलमा जितको विकल्प छैन । लिगको आफ्नो अन्तिम खेलमा पुलिसले ललितपुरको फ्रेन्ड्स क्लबसँग भिड्दैछ ।

बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल विहान पौने ९ बजे सुरु हुनेछ ।

जित निकाले पुलिस लिगको शीर्ष ६ मा रहने छ । हार वा बराबरको नतिजाले भने पुलिस अरुको भर पर्नु पर्नेछ । फ्रेन्ड्सविरुद्धको छैठौ जितले पुलिस २० अंक सहित पाचौं स्थानमा उक्नले छ ।

‘सुपर सिक्समा रहन जित्नैपर्ने दबाब छ । त्यसैले पनि ३ अंकको लागि खेल्छौं ।’ अन्तिम खेलमा मनाङसँग पराजित पुलिसका प्रशिक्षक अनन्तराज थापा भन्छन् ।

राष्ट्रिय टिमका पुर्व मिडफिल्डर भोला नाथ सिलवालको कप्तानीमा रहेको पुलिसले बिहिबार बैकल्पिक कप्तान भरत शाह र सन्तोष हेम्रुनलाई गुमाउने छ । दुबै खेलाडी दोहोरो पहेलो कार्डका कारण खेल्न पाउने छैनन् ।

यता, फ्रेन्ड्सपनि पुलिसलाई हराउँदै शीर्ष ६ पर्न प्रयास गर्नेछ । उसलाई पुलिसविरुद्ध जित मात्रै हैन अरु खेलको नतिजा सहित आफु अनुकुल आउनुपर्नेछ ।

गणितीय रुपमा शीर्ष ६ मा पर्ने सम्भावना रहेपनि फ्रेन्ड्सको यात्रा निकै कठिन छ । फ्रेन्ड्सलाई आफुले जित निकाल्दा संकटा, एनआरटी र च्यासलले हार ब्यहोर्नु पर्नेछ ।

‘लक्ष्य शीर्ष ६ नै हो । तर भाग्य पनि चाहिन्छ । जितेर मात्रै हुँदैन ।’ फ्रेन्ड्सका सहायक प्रशिक्षक शुक्र तामाङ भन्छन् । पुलिसविरुद्ध तीन ब्राजेलियन खेलाडी तयार रहँदा फ्रेन्ड्सलाई भारतीय स्ट्राइकर उत्तम राईको चोटले सताउन सक्नेछ ।

आशिषलाई अवसर

फ्रेन्ड्सविरुद्ध अन्तिम खेलमा जित निकाल्दै लिगको रेलिगेशनबाट बचेको विभागीय एपीएफ क्लबले ब्रिगेड व्बाईज क्लबको सामना गर्दैछ । बिहिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।

दुबै टिमलाई खेल प्रतिष्ठाको लडाईनै हुनेछ । ब्रिगेड र एपीएफ दुबै क्लब रेलिगेशन क्षेत्रबाट बचिसकेका छन् । दुबै टिम शीर्ष ६ को होडबाट पनि बाहिरिएका छन् ।

एक प्रकारले बिहिबार दुबै टिमलाई खेलको नतिजाले खासै फरक पार्ने छैन । समान १२ खेलबाट ८ अंक जोडेका ब्रिगेड र एपीएफ क्रमशः १२ र १३ औं स्थानमा रहेका छन् ।

एपीएफका स्ट्राइकर आशिष लामा सर्वाधिक गोलकर्ताको दौडमा अगाडी छन् । उनलाई सफल बनाउन एपीएफले प्रयास गर्न सक्नेछ । लिगमा ८ गोल गरेका आशिष हाल पहिलो स्थानमा छन् । उनलाई पछ्याउने क्रममा सन्तोष साहुखल ७ र विमल राना, अन्जन बिष्ट र नवयुग श्रेष्ठको समान ६ गोल गरेका छन् ।

‘रेलिगेशनबाट बचिसकेको हुँदा बीबीसीविरुद्ध खासै केहि छैन । बटम टिम भएपनि खेलाडीको रुपमा देखाउन आशिषलाई सर्बाधिक गोलकर्ता बनाउन कोशिश गर्नेछौ ।’ एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ भन्छन् ।

टोप बहादुर बिष्टको कप्तानीमा रहेको एपीएफलाई खेलाडीको चोटको समस्या रहने छैन । अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड एपीएफलाई हराउँदै तेस्रो जितको खोजीमा हुनेछ ।

‘खेलाडी ठिक छन् । जित्नका लागि खेल्छौं ।’ अन्तिम खेलमा आर्मीसँग पराजित ब्रिगेडका ब्यवस्थापक अर्विन गुरुङ भन्छन् ।

यू-१९ राष्ट्रिय टिमका अधिकांश खेलाडीको बाहुल्यता रहेका ब्रिगेडले एपीएफबिरुद्ध अष्ट्रेलियाबाट लिग खेल्न फर्किएका सुलभ मास्केलाई गुमाउने छ । उनी चोटका कारण टिम बाहिर हुनेछन् ।

सरस्वतीको बिदाई

६८ सालमा दोस्रो पटक ए डिभिजन लिगमा सरस्वती फर्किएको थियो । त्यसपछि करिब ८ बर्ष शीर्ष श्रेणीको लिगमा रहेको सरस्वती यसपटक भने दोस्रो डिभिजन लिगमा घटुवा भएको छ ।

अन्तिम खेलमा च्यासलसँग पराजित हुँदै सरस्वती एक खेल अघिनै रेलिगेशनमा परेको हो ।

लिगको बिदाई खेलको संघारमा रहेको उसले अन्तिम खेलमा साविकको उपविजेता संकटा क्लबको सामना गर्दैछ । सातदोबाटोस्थित एन्फा मैदानमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

सरस्वतीले १ खेलमा जित १ मा बराबरी र अन्य खेलमा हार ब्यहोर्दै तालिकाको पुछारमा छ ।

सरस्वती भने अन्तिम खेलमा संकटालाई पराजित गर्दै सुखद बिदाई लिन चाहन्छ ।

‘रेलिगेशनमा परिसकेका छौं । अब बाँकी रहेका खेलाडीलाई संकटाविरुद्ध अवसर दिनेछु ।’ सरस्वती युवा क्लबका प्रशिक्षक प्रदिप नेपाल भन्छन् ।
यता, संकटा भने दिनको पहिलो खेलको प्रतिक्षामा रहने छ ।

उसलाई आफ्नो खेल भन्दा बिहान पुलिस र फ्रेन्ड्सविरुद्धको खेल महत्वपुर्ण रहने छ । पुलिस बराबर या हारेको खण्डमा भने संकटाको शीर्ष ६ को यात्रामा ढोका खुल्नेछ ।

पुलिसले जितेको अवस्थामा भने संकटा स्वतः शीर्ष ६ को होडबाट बाहिरिनेछ ।

‘आफ्नो खेल भन्दा पुलिसको खेल निकैनै महत्वपूर्ण छ । त्यसै अनुसार योजना बनाएको छु ।’ संकटा क्लबका प्रशिक्षक विजय महर्जन भन्छन् । सरस्वतीविरुद्ध संकटाका सबै खेलाडी उपलब्ध हुनेछन् । बिहिबार दुबै टिमले २–२ विदेशी खेलाडी मैदान उतार्ने छन् ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
१ करोड बजेट, १ लाख रूपैयाँ पुरस्कार !
रहेनन् जोटा
रहेनन् जोटा
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
एएफसी महिला च्याम्पियन्स लिग : समूह ‘बी’ मा एपिएफ
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
जावलाखेल र माछापुच्छ्रेबीच सहकार्य
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
अनिल र ललितले जनकपुरबाटै खेल्ने
अनिल र ललितले जनकपुरबाटै खेल्ने
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
यु-२३ को प्रारम्भिक छनोटमा ८९ खेलाडीलाई बोलाइयो
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
बार्सिलोनाको नयाँ घरेलु जर्सी सार्वजनिक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP