• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिगमा आज दुई खेल - सम्पूर्ण जानकारी
खेलपाटी संवाददाता
शनिबार, माघ १८, २०७६ खेलपाटी संवाददाता
लिगमा आज दुई खेल - सम्पूर्ण जानकारी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (शनिबार) दुई खेल हुदैछ ।

पहिलो खेलमा थ्री स्टार र सरस्वती युथ क्लब भिड्नेछन् । दोस्रो खेलमा मछिन्द्र र एपीएफ क्लब आमने सामने हुनेछन् ।

दुवै खेल दशरथ रंगशालामा हुनेछ ।

पहिलो खेलमा थ्री स्टार र सरस्वती मध्यान्न १२ बजे भिड्नेछन् । रेलिगेशन जोनमा रहेको सरस्वती थ्री स्टारलाई हराउँदै रेलिगेशन जोन छोड्न चाहन्छ ।

उपाधि होडबाट बाहिरिएको घोषणा गरेको थ्री स्टार कम्तिमा दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्न चाहन्छ ।

तालिकाको पाँचौ स्थानका रहेको थ्री स्टारको १४ अंक छ । सरस्वती ४ अंक सहित तालिकाको पुछारमा छ ।

दोस्रो खेलमा एपीएफ र मछिन्द्र दिउँसो ३ बजे प्रतिस्पर्धा गर्नेछन् । उपाधि होडमा रहेको मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लिन चाहन्छ ।

एपीएफ भने रेलिगेशनको डरबाट गुज्रिरहेको छ ।

मछिन्द्र १९ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । एपीएफ ५ अंक जोड्ने रेलिगेशन जोन भन्दा मात्र एक अंक माथि छ ।

गर या मरको अवस्थामा सरस्वती

गत मंगलबार लिगको पुछारमा रहेको सरस्वतीले पहिलो जित निकाल्यो । शेर्पाविरुद्धको नाटकीय ४–३ गोल अन्तरले विजयी भएपनि सरस्वती अझै रेलिगशेन क्षेत्रमै रहेको छ ।

पहिलो जित निकालेको सरस्वतीले बाँकी ४ खेलमा जित निकाल्दै रेलिगेशनबाट बच्ने दाउमा छ । तर उसले पहिलो जित निकालेको चौथो दिनमै बलियो थ्री स्टार क्लबको सामना गर्दैछ ।

सहिद स्मारक ए डिभिजन लिगको दशौं चरणको पहिलो खेलमा कोटेश्वरको सरस्वतीले मंगलबजारको थ्री स्टार क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा शनिबार हुने खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।

दशौं चरणको पहिलो खेलमा दुबै टिम जित निकाल्न चाहन्छन् ।

सरस्वतीलाई हराउँदै थ्री स्टार शीर्ष ६ को यात्रा सहज बनाउने दाउमा हुनेछ ।

अन्तिम खेलमा मछिन्द्रसँग २–० ले पराजित थ्री स्टारले आफु उपाधि यात्राबाट बाहिरिसकेको बताएको छ । सरस्वतीविरुद्ध पाँचौं जित निकाल्दै थ्री स्टार एक स्थान सुधार गर्दै चौथो स्थानमा उक्लन चाहन्छ ।

“प्लेयर सबै फिट छन् । अघिल्लो खेलमा हारको बाबजुद खेलाडीले राम्रो गरेका छन् । टप सिक्समा बस्न र दोस्रो तेस्रो स्थानमा रहनको लागि खेल निकै महत्वपुर्ण छ ।” थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी भन्छन् ।

यता, सरस्वती पनि थ्री स्टारलाई हराउँदै रेलिगेशन क्षेत्रबाट माथि उक्लिन चाहन्छ । सरस्वती लगातार दोस्रो जित निकाल्ने दाउमा छ ।

पछिल्लो खेलको प्रभाबशाली जितले खेलाडीको मनोबल बढेको छ । शनिबार सरस्वती “गर या मर”को स्थिति हुनेछ । थ्री स्टारसँगको एक हारले उसको रेलिगेशनको सम्भावना बलियो हुनेछ ।

“जित्नै पर्ने अवस्था छ । पछिल्लो जितले खेलाडीको मनोबल उच्च छ । राम्रो टक्कर दिन्छौं ।” बिगत ७ बर्षदेखि सरस्वती क्लब हेर्दै आएका प्रदिप नेपाल भन्छन् ।

७ खेलबाट ४ अंक बटुलेको सरस्वती पुछारमा रहेको छ । यस्तै समान खेलबाट १४ अंक बटुलेको थ्री स्टार ५ औं स्थानमा छ ।

शनिबार दुबै टिमलाई कुनै खेलाडीको समस्या छैन । थ्रीस्टारले दक्षिण एसियाली एक खेलाडीसहित ४ विदेशी खेलाडी मैदान उतार्ने सक्नेछ । सरस्वतीले दुई मात्रै विदेशी खेलाडी खेलाउने तयारी गरेको छ ।

दबाबमा मछिन्द्र र एपीएफ

शीर्ष स्थानमा एक अंकले चुकेको मछिन्द्र र रेलिगेशन क्षेत्रबाट १ अंकले बचेको एपीएफ चालु लिगको दशाैँ चरणमा भिड्दैछन् ।

शनिबार दशरथ रंगशालामा हुने दोस्रो खेलमा मछिन्द्र र एपीएफ आमने सामने हुनेछन् । निकैनै रोमाञ्चक हुने अनुमान गरिएको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

रंगशालामा दुबै टिम जित निकाल्दै तालिकामा स्थान सुधार गर्न चाहन्छन् । एक प्रकारले दुबै टिम निकै दबाबमा हुनेछन् ।

मछिन्द्रलाई शीर्ष स्थानमा उक्लन दबाब छ । एपीएफ रेलिगेशन क्षेत्रबाट टाढा रहन चाहन्छ । मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा दुई अंकको अग्रता लिन चाहन्छ । यस्तै, एपीएफ दोस्रो जित निकाल्दै रेलिगेशन क्षेत्रबाट आफुलाई माथि उकाल्न चाहन्छ ।

अन्तिम खेलमा थ्री स्टारविरुद्ध २–० को जित निकालेको मछिन्द्र सोहि प्रदर्शन दोहर्याउने दाउमा छ ।

“तालिका जस्तो सुकै होस् । एपीएफ बलियो छ । पछिल्लो खेलमा शेर्पासँग भोगिसकेका छौं । आफ्नो खेल खेल्दै शीर्ष स्थानमा फर्कन चाहन्छौं ।” पहिलो पटक मछिन्द्र हेरिरहेका मुख्य प्रशिक्षक प्रवेश कटुवाल भन्छन् ।

पहिलो पटक लिग जित्ने लक्ष्य सहित होमिएको मछिन्द्रलाई शनिबार खेलाडीको चोट समस्याले सताउन सक्छ । उसका बैकल्पिक कप्तान सुजल श्रेष्ठ र रेजिन सुब्बा चोटका कारण खासै जम्न सकेका छैनन् । चोटकै कारण दिपक राईले एपीएफविरुद्धको खेल गुमाउन सक्छन् ।

टिममा अनुबन्धित हेमन गुरुङ अष्टे«लिया र अभिषेक रिजाल माल्दिभ्स लागेपछि मछिन्द्रलाई झनै समस्या परेको छ ।

चालु लिगमा १९ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा रहेको छ । गत सिजनको खराव प्रदर्शन बाबजुद मछिन्द्रसँग यस पटक सुरुवातबाटै १ अंक खोसिएको हो । यस्तै ५ अंक जोडेको एपीएफ पुछारबाट तालिकाको दोस्रो स्थानमा रहेको छ ।

यता, एपीएफ पनि मछिन्द्रलाई पराजित गर्दै रेलिगेशन क्षेत्रबाट बच्न चाहन्छ ।

“टिम अहिले केहि दबाबमा छ । मछिन्द्रलाई राम्रो फाइट दिन्छौं । अट्याक र डिफेन्सिभ गेम खेल्दै अंक खोस्न लाग्छौं ।” एपीएफ क्लबका प्रशिक्षक राजेन्द्र तामाङ भन्छन् ।

शनिबार एपीएफले आफ्ना डिफेन्डर सुदिप सिख्राकारलाई गुमाउने छ । पुलिसविरुद्ध उनले खेल सकिएसँगै रातो कार्ड खाएका थिए । यस्तै मछिन्द्रले पनि दोस्रो पहेलो कार्डका कारण आफ्ना विदेशी मिडफिल्डर आद्रेनियालाई गुमाउने छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP