• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी !
नमीन ढकाल
मंगलबार, माघ १४, २०७६ नमीन ढकाल
लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी !

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (मंगलबार) दुई खेल हुदैछ ।

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेलमा जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन् ।

दुवै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा राखिएको छ । पहिलो खेलमा शेर्पा र सरस्वती बिहान साढे ११ बजे भिड्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

दोस्रो खेल सोही स्थानमा दिउँसो ३ बजे सूरु हुनेछ ।

सरस्वतीलाई एउटा मौका

चालू लिगमा १ अंक मात्र जोडेर रेलिगेशन जोनमा रहेको टिम हो, सरस्वती । जित विहिन सरस्वतीले ८ खेल खेलिसकेको छ ।

लिगका आधा खेल सकिदाँ मात्र एक अंक जोडेर सरस्वतीको रेलिगेशनमा पर्ने सम्भावना उच्च छ । शीर्ष डिभिजनमा उक्लिने सम्भावना जिवित राख्न उसलाई जितको विकल्प छैन ।

सरस्वतीको शीर्ष डिभिजनको भविष्य पुछारदेखि दोस्रोमा रहेको एपीएफको प्रर्दशन र नतिजामा समेत निर्भर रहनेछ ।

लिगमा सरस्वतीलाई रेलिगेशनबाट बच्न अब लगभग अन्तिम मौका रहेको छ । मंगलबार उसले लिगको नवौं खेलमा हिमालयन शेर्पा क्लबलाई प्रतिद्वन्दी पाएको छ ।

कमजोर देखिएको शेर्पाविरुद्ध जित निकाले सरस्वतीलाई थोरै राहत मिल्नेछ । हारले भने सरस्वती रेलिगेशनको जोखिमबाट थप पिल्सिनेछ ।

लिगमा अव सरस्वतीले ५ खेल खेल्न बाँकी छ । पाँच टोली मध्य तुलनात्मक रुपमा कमजोर देखिएको क्लब भनेकै शेर्पा हो । त्यसैले सरस्वतीलाई रेलिगेशनबाट बच्ने अन्तिम एक अवसर मंगलबारको खेलमा छ ।

शेर्पा र सरस्वतीविचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेसमा दिनको साढे ११ बजे सुरु हुनेछ ।

दुबै टिम जितको खोजीमा हुनेछन् । सरस्वती पहिलो जितको खोजीमा हुनेछ । यस्तै शेर्पा ७ अंक जोडेको शेर्पा लिगमा दोस्रो जित दर्ता गर्न चाहन्छ ।

सरस्वती क्लबका प्रशिक्षक प्रदिप नेपाल लिगमा सबै टिम एकैनाशको भएकाले शेर्पालाई कमजोर नसोचेर पहिलो जितको लागि खेल्ने बताउँछन् ।

‘शेर्पा एकदमै राम्रो छ । हामीलाई जुनसुकै अवस्थामा जित चाहिएको छ । जित्नकै लागि खेल्नेछौं ।’ उनी भन्छन् ।

यता, शेर्पा पनि पुछारमा रहेको सरस्वतीलाई कमजोर सोच्ने गल्ती नगर्ने बताउँछ । प्रशिक्षक संजिब बुढाथोकी सरस्वतीलाई कमजोर रुपमा नलिने खेलपाटीलाई बताए ।

‘सरस्वती पनि राम्रो छ । जित्नकै लागि खेल्छौं । खेल निकै प्रतिस्पर्धात्मक हुनेछ ।’ उनी भन्छन् ।

लिगमा मछिन्द्रलाई मात्रै पराजित गरेको शेर्पा ७ अंक सहित १२ औं स्थानमा छ । दोस्रो जित निकालेको खण्डमा शेर्पा नवौं स्थानमा पुग्नेछ ।

मंगलबार दुबै टिमले आफ्ना दुई विदेशी खेलाडी खेलाउनेछन् । यस्तै चोटका कारण सरस्वतीले मनिष थापालाई गुमाउने छ । शेर्पाका विश्वास श्रेष्ठले लिगका बाँकी सबै खेल गुमाउनेछन् ।

जावलाखेलसँग आर्मीलाई दबाब

लिगको शीर्ष स्थानमा रहेको अवस्थामा आर्मीले पछिल्लो खेलमा एनआरटीसँग गोलरहित बराबरी खेल्यो । जसका कारण उसले शीर्ष स्थानमा तीन अंकको अग्रता बनाउने अवसर गुमायो ।

पहिलो पटक लिग जित्ने लक्ष्य सहित विभागीय आर्मी र मछिन्द्र क्लब उपाधि होडमा रहेका छन् ।

लिगको नवौँ चरणको खेल चलिरहदाँ शीर्ष स्थानको मछिन्द्रभन्दा आर्मी दुई अंकले पछाडी छ । एक खेल कम खेलेको आर्मीलाई जावलाखेलविरुद्ध जित निकाल्दै पुन शीर्ष स्थानमा फर्कने अवसर छ ।

खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिनको ३ बजे सुरु हुनेछ ।

जावलाखेल दबाब बिनै मैदान उत्रने लक्ष्य बनाएको छ । तर उपाधि होडको पेचिलो लडाँईले आर्मीलाई भने सुख दिने छैन । शीर्ष स्थानमा फर्कन उसलाई जावलाखेलविरुद्ध जित्नै पर्ने हुन्छ ।

लयमा नदेखिएको फरवार्ड लाईनमा सुधार गर्नु आर्मीलाई चुनौती छ ।

राष्ट्रिय टिम र युथ टिमबाट खेलिसकेका खेलाडी सम्मिलित आर्मीको फरवार्ड लाईन नचल्दा टोली बेला बेला दबाबमा देखिन्छ । आर्मीमा रहेका राष्ट्रिय टिमका सदस्य नवयुग श्रेष्ठ, भरत खवास, सन्तोष तामाङ र जर्ज प्रिन्स कार्की जस्ता खेलाडीले फरवार्ड लाईन सम्हालेका छन् । तर नाम अनुसारको नतिजा आउन सकेको छैन ।

मंगलबार भने आर्मीले आफ्नो अग्रपंक्ति सुधार गर्ने लक्ष्य राखेको छ ।

‘पछिल्लो समय बराबरी खेल्यौं । आक्रमणमा सफल भएनौ । यसलाई सुधार गरेका छौं । शीर्ष स्थानमा उक्लिन खेल्छौं ।’ आर्मीमा ब्यवस्थापक तथा सहायक प्रशिक्षक चुनबहादुर थापा भन्छन् ।

यता, शीर्ष ६ भित्र आफुलाई राख्ने लक्ष्य बनाएको जावलाखेलले आर्मीविरुद्ध दबाब रहित खेल्ने योजना बनाएको छ ।

‘आर्मी बलियो छ । आवश्यता अनुसार आक्रमक खेल्छौं । अंक गुमाउँदैनौं ।’ जावलाखेल युथका प्रशिक्षक नरेश थापा भन्छन् ।

मंगलबार आर्मीलाई कुनै खेलाडीको समस्या छैन । जावलाखेल भने आफ्ना भारतीय फरवार्ड कुवेरलाई गुमाउने छ । चोटका कारण उनि टिम बाहिर रहनेछन् ।

जावलाखेलले अन्य तीन विदेशी खेलाडीको प्रयोग भने गर्न सक्नेछ । आर्मीविरुद्ध जित निकाले जावलाखेल चौथो स्थानमा पुग्नेछ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP