• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी !
नमीन ढकाल
शनिबार, माघ ११, २०७६ नमीन ढकाल
लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी !

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल अन्तर्गत आज (शनिबार) दुई खेल हुदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम एनआरटी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो खेलमा संकटा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

लिगमा आर्मी ७ खेलमा १६ अंक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ । एनआरटी ११ अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ ।

यस्तै संकटा लिगको ७ खेलमा ९ अंकसहित नवौं स्थानमा रहेको छ । फ्रेन्ड्स ८ अंक सहित १२ औं स्थानमा रहेको छ ।

शीर्ष स्थान कायम राख्न आर्मीलाई दबाब

सातौं चरणको अन्तिम खेलमा बलियो मानिएको च्यासल युथलाई पराजित गर्दै आर्मीले शीर्ष स्थानमा ३ अंकको स्पष्ट अग्रता बनायो ।

तर, आठौं चरणको अन्तिम खेलसम्म आईपुग्दा आर्मीसँग दोस्रो स्थानको मछिन्द्र फुटबल क्लब र तेस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबले अंक बराबरी छन् ।

मछिन्द्र र मनाङसहित तीन टिमको समान १६ अंक भएपनि आर्मी पहिलो स्थानमा रहेको छ । आर्मीले अझ एक खेल खेल्न बाँकी रहेको छ ।

आठौं चरणको अन्तिम दिन शनिबार आर्मीले न्युरोड टिम एनआरटीको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।

यस्तोमा आर्मीलाई एनआरटीलाई पराजित गर्दै शीर्ष स्थानमा ३ अंकको अग्रता लिने मौका रहेको छ ।

आर्मीका प्रशिक्षक नविन न्यौपाने शीर्ष स्थानमा ३ अंकलाई निरन्तरता दिने लक्ष्यसहित मैदान उत्रने बताउँछन् ।

‘शीर्ष स्थानमा ३ अंक अग्रता रहेको छ । एनआरटीविरुद्ध त्यसलाई निरन्तरता दिन्छौं,’ न्यौपाने भन्छन् ।

एनआरटीविरुद्ध आर्मीका डिफेन्डर विकाश तामाङ दोस्रो पहेलो कार्डका कारण मैदानमा हुने छैनन् । तर, उनको स्थानमा अघिल्लो खेल गुमाएका युद्ध शाहीले पुनरागमन गर्ने छन् ।

यता, एनआरटी बलियो आर्मीविरुद्ध उत्कृष्ट खेल खेल्दै अंक हात पार्ने लक्ष्यमा हुनेछ ।

‘आर्मी बलियो छ । राम्रो गरिरहेको छ । हामी आफ्नो खेल खेल्दै अंक लिन्छौं,’ एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भन्छन् ।

लिगमा ७ खेल खेलेको आर्मीको १६ अंक रहेको छ । आर्मीले ५ जित, १ बराबर र १ खेलमा हर व्यहोरेको छ ।

लिगको ७ खेलमा ११ अंक जोडेको एनआरटी तालिकाको छैटौं स्थानमा रहेको छ ।

गत सिजनको खराब प्रदर्शनले एनआरटीले यस पटक सुरुमै दुई अंक गुमाउन पुगेको छ । ४ जित, १ बराबर र २ हार व्यहोरेको एनआरटी आर्मीलाई पराजित गरे तालिकाको पाचौं स्थानमा उक्नले छ ।

'टप सिक्स' संकटाको लक्ष्य

गत सिजनको लिग उपविजेता संकटा शीर्ष ६ मा उक्लने लक्ष्यसहित शनिबार मैदानमा उत्रदैछन् । दशरथ रंगशालामा संकटाले फ्रेन्ड्सको सामना गर्नेछ ।

संकटा र फ्रेन्ड्सबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ । लिगमा यस खेल आठौं चरणको अन्तिम खेल समेत हो ।

लिगमा दुई/दुई खेलमा जित निकालेका संकटा र फ्रेन्ड्स तेस्रो जितको खोजीमा हुने छन् ।

शनिबारको जितले संकटा शीर्ष ६ मा उक्लने छ भने फ्रेन्ड्स शीर्ष ८ भित्र रहनेछ ।

मिश्रित टिम लिएर लिग खेलिरहेका दुबै टिमको लक्ष्य शीर्ष ६ मा रहनु रहेको छ । किनकी शीर्ष ६ मा रहने टिमले अखिल नेपाल फुटबल संघ एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउने छन् ।

यस सिजन उत्कृष्ट प्रदर्शन गर्न असफल भईरहेको संकटा लिगमा तेस्रो जित निकाल्न चाहन्छ ।

संकटा क्लबका प्रशिक्षक बिजय महर्जन फ्रेन्ड्सविरुद्ध ३ अंकका लागि खेल्ने बताउँछन् ।

‘फ्रेन्ड्ससँग खेल्न हामी तयार छौं । राम्रो खेल्दै ३ अंक लिने लक्ष्यमा हुनेछौं,’ महर्जन भन्छन् ।

फ्रेन्ड्सविरुद्ध संकटा चार विदेशी खेलाडीसहित मैदान उत्रने छ ।

दुई जित, तीन बराबर र दुई खेलमा हार व्यहोरेको संकटा ९ अंक सहित तालिकाको नवौंं स्थानमा रहेको छ ।

यता, फ्रेन्ड्सपनि संकटाविरुद्ध स्पष्ट जितको लागि खेल्नेछ ।

संकटालाई हराउँदै फ्रेन्ड्स तेस्रो जित निकाल्ने दाउमा हुनेछ ।

तीन ब्राजिलियन खेलाडीको साथ पाएको फ्रेन्ड्सलाई एक भारतीय खेलाडीको पनि साथ रहनेछ ।

लिगमा २ जित २ बराबर र ३ हार व्यहोरेको फ्रेन्ड्स ८ अंकसहित तालिकाको १२ औं स्थानमा रहेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
बार्सिलोनाले जित्यो  लगातार छैटौं पटक स्पेनिस महिला लिग
बार्सिलोनाले जित्यो लगातार छैटौं पटक स्पेनिस महिला लिग
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP