शुक्रबार, २५ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी !

आइतबार, २७ पौष २०७६नमीन ढकाल
लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी !
Loading ad...
mustang rice ad

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज (आईतबार) दुई खेल हुदैछ ।

ललितपुरे डर्बीमा थ्री स्टार र फ्रेन्ड्स तथा अर्को खेलमा सरस्वती र ब्रिगेड ब्वाईज भिड्दैछन् ।

दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

दिनको पहिलो खेलमा थ्री स्टार र फ्रेन्ड्स मैदान उत्रनेछन् ।

दशरथ रंगशालामा हुने खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा पुछारमा रहेको टिम सरस्वती र ब्रिगेड ब्वाईजबीच प्रतिस्पर्धा हुनेछ ।

खेल दिउँसो ३ बजे सुरु हुनेछ । सरस्वती लिगमा पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ । ब्रिगेड भने नयाँ विदेशी खेलाडी आईतबारको खेलमा उतार्ने योजनामा छ ।

ललितपुरे डर्बीमा थ्री स्टार र फ्रेन्ड्स

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत ललितपुर डर्बीमा थ्री स्टार र फ्रेण्ड्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ । लिगको छैटौं चरणमा दुई ललितपुरे टिम भिड्न लागेका हुन् । खेल दशरथ रंगशालामा मध्यान्न १२ बजे सुरु हुनेछ ।

लिगमा थ्री स्टारले तीन खेलमा जित, समान एक खेलमा बराबर तथा हार ब्यहोरेको छ ।

यस्तै फ्रेण्ड्स भने रेलिगेशन जोनमा रहेको छ । उसले २ बराबरी र ३ खेलमा हार ब्यहोरेको छ । एक खेल कम खेलेका थ्री स्टार चौथो स्थानमा छ । फ्रेण्ड्स १३ औं स्थानमा छ ।

छैटौं खेलमा जित निकाल्दै लिग तालिकाको दोस्रो स्थानमा उक्लने मौका थ्री स्टारलाई छ । तीन अंक हासिल गरेमा फ्रेण्ड्स भने आठौं स्थानमा उक्लिनेछ ।

दुबै टिम स्पष्ट तीन अंकका लागि खेल्दैछन् । थ्री स्टार फ्रेण्ड्सलाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । यस्तै फ्रेण्ड्स भने लगातार दोस्रो अंक खोस्ने दाउमा छ ।

थ्री स्टार क्लबका प्रशिक्षक मेघराज केसी अबका सम्पुर्ण खेल निकै महत्वपुर्ण र प्रतिस्पर्धात्मक हुने बताउँछन् ।

‘अवका सबै खेल निकैनै महत्वपूर्ण छ । जित्नकै लागि खेल्छौं ।’ उनी भन्छन् ।

लिग उपाधि जित्ने लक्ष्य सहित होमिएको थ्री स्टारले बिभागीय नेपाल पुलिसलाई १–०, एपीएफलाई २–० र ब्रिगेड ब्वाईज क्लबलाई ३–० ले पराजित गरेको थियो ।

यस्तै, जावलाखेलसँग गोल रहित बराबरीमा खेल टुंगाएको थियो भने बिभागीय त्रिभुवन आर्मीसँग २–० को हार ब्यहोरेको थियो ।

प्रतियोगिताको १० अंक जोडेको थ्रीस्टार तालिकाको चौथो स्थानमा रहेको छ ।

गत सिजन भएको ललितपुर डर्बीमा थ्री स्टारले २–१ ले बाजी मारेको थियो ।

गत सिजन फ्रेण्ड्सविरुद्ध खेलेका एलन न्यौपाने, निराजन खड्का, विजय धिमाल, बिष्णु सुनुवार, पिटर सेगुन, रन्जित धिमाल, सुनिल बल, अजयी मार्टिन, रञ्जन बिष्ट र बुद्धराज लिम्बु भने थ्री स्टारमा देखिने छैनन् ।

फ्रेण्ड्स पनि थ्री स्टारलाई हराउने दाउमा रहेको छ । फ्रेण्ड्स क्लबका सहायक प्रशिक्षक शुक्र तामाङ टिम सेट हुँदै गएकाले थ्री स्टारलाई पराजित गर्ने सकिने बताउँछन् ।

‘थ्रीस्टार पहिले जस्तो छैन । हाम्रो टिम निकै सुधारिँदै गएको छ । जित्नैपर्ने दबाब पनि छ । थ्रीस्टारलाई पराजित गर्न खेल्छौं ।’ उनी भन्छन् ।

थ्री स्टारका प्रशिक्षक केसी भने अग्रपङ्ती निकै बलियो हुँदै गएकाले फ्रेण्ड्सविरुद्ध धेरै गोल निस्कनेमा आशाबादी भएको बताउँछन् ।

लिगमा २ अंक मात्रै जोडेको फ्रेण्ड्स १३ औं स्थानमा छ । हिमालयन शेर्पासँग गोलरहित बराबर र मनाङसँग १–१ को बराबरी गरेको फ्रेण्ड्स भने मछिन्द्रसँग ३–०, आर्मीसँग २–१ र ब्रिगेड ब्वाईजसँग २–० ले पराजित भएको थियो ।

पहिलो अंक जोड्ने दाउमा सरस्वती

लिगका पाचौ चरणका खेलहरु समाप्त भैसकेका छन् । तर लिगको पुछारमा रहेको सरस्वतीले कुनै अंक जोड्न सकेको छैन । उसले चौंथो खेलमा आएर मात्रै गोलको खाता खेलेको थियो ।

यथास्थितीमा अगाडी बढेमा सरस्वती रेलिगेशनमा पर्ने सम्भावना उच्च छ । तर उसका प्रशिक्षक भने अझै टिम रेलिगेशनमा नपर्ने ठोकुवा गर्छन् ।

रेलिगेशन जोनमा रहेका सरस्वतीले आईतबार ब्रिगेड व्वाईज क्लबको सामना गर्दैछ । दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

लिगको छैटौं खेलमा समान स्तरको टिम पाएको सरस्वती पहिलो जित निकाल्ने दाउमा छ ।

प्रशिक्षक प्रदिप नेपाल ५ खेलमा पराजित भएपछि टिम दबाबमा रहेका कारण ब्रिगेडविरुद्ध जितको विकल्प नभएको बताउँछन् ।

‘लगातार ५ खेल गुमाईसकेका छौं । अब भने दबाब छ, खेल निकैनै महत्वपूर्ण छ । स्पष्ट तीन अंकका लागि खेल्छौ।’ उनी भन्छन् ।

लिगमा सुरुवाती पाँचै खेल गुमाउँदा सरस्वतीले १० गोल ब्यहोरेको छ । र मात्र एक गोल गरेको छ । सरस्वती पहिलो खेलमा एनआरटीसँग ४–०, दोस्रो खेलमा जावलाखेलसँग १–०, पुलिससँग २–०, चौथो खेलमा एपीएफसँग २–१ र अन्तिम खेलमा आर्मीसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

अन्तिम खेलमा आर्मीसंग उत्कृष्ट खेल प्रर्दशन गरेको सरस्वतीका प्रशिक्षक नेपालले टिम लयमा आएको कारण ब्रिगेडविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुने बताए ।

गत सिजनको भेटमा सरस्वतीले ब्रिगेड विरुद्ध २–१ ले हराएको थियो ।

यता, व्रिगेड गत सिजनमा ब्यहोरेको हारका बदला लिने दाउमा छ ।

लिगमा सरस्वतीलाई पराजित गर्दै ब्रिगेडले तेस्रो जित निकाल्ने योजना बनाएको छ ।

ब्रिगेडका प्रशिक्षक अर्बिन गुरुङ सरस्वतीविरुद्धको खेल निकैनै महत्वपुर्ण रहेकाले जित्नका लागि खेल्ने बताउँछन् ।

‘सरस्वतीविरुद्ध निकैनै महत्वपुर्ण खेल हुँदैछ । जित्नका लागि खेल्नेछौं ।’ अर्विन भन्छन् ।

राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको ब्रिगेड आईतबार भने दुई विदेशी खेलाडी टिममा थप्नेछ ।

सबै क्लबबाट विदेशी कोटाका खेलाडी उत्रिदा ब्रिगेडले भिषा प्रक्रियाका कारण छैठौ खेलमा मात्र विदेशी खेलाडी उतार्न लागेको हो ।

ब्रिगेडले यसअघि एक मात्रै विदेशी खेलाडी खेलाउँदै आएको थियो ।

उसका डिफेन्डर दिपेन्द्र राज सिंहले भने सरस्वतीविरुद्धको खेल गुमाउने छन् । अन्तिम खेलमा थ्रीस्टारका अशोक खवासलाई खराब फल गरेपछि उनले रातो कार्ड खाएका थिए ।

फ्रेण्ड्स र हिमालयन शेर्पालाई पराजित गरेको ब्रिगेड एक खेल कम खेल्दै तालिकको आठौं स्थानमा रहेको छ । जित निकालेको खण्डमा ब्रिगेड पाँचौं स्थानमा उक्लिने छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सिरहा र विराटनगर फाइनलमा

सिरहा र विराटनगर फाइनलमा

समस्यामा रियल

समस्यामा रियल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रोनाल्डोको साउदी लिगमा शतकीय गोल

रेडहर्स फाइनलमा

रेडहर्स फाइनलमा

 पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

पुलिस कोहलपुर गोल्डकपको उपाधिनजिक

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

महिला खेलाडीलाई मिडियामा बोल्न एन्फाको रोक ?

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक