समर्थकको कारण लाजियोलाई जरिवाना
बुधबार, २३ पौष २०७६खेलपाटी संवाददाता

एजेन्सी । इटालियन सिरी ए फुटबलले लाजियोलाई जरिवाना गरेको छ ।
ब्रेसियाका फरवार्ड मारियो बालोटेलीलाई समर्थकहरुले रंगभेदीय दुर्व्यहार गरेको भन्दै लाजियोलाई २० हजार युरो जरिवाना गरिएको छ ।
सिरी ए अन्तर्गत आइतबार राति भएको खेलमा बालोटेलीलाई लाजियोको समर्थकले बादरको आवाज निकाल्दै जिस्काएका थिए ।
घरेलु मैदानमा १८ औं मिनेटमा बालोटेलीले गोल गर्दै अग्रता दिलाएपछि लाजियोका करिब १५ सय समर्थकले दुर्व्यवहार गरेका थिए ।
उक्त खेलमा लाजियोले पुनरागमन गर्दै २-१ को जित निकालेको थियो ।












-1765539955299.jpeg&w=3840&q=75)
