भुवनेश्वर वेष्ट इण्डिजविरुद्ध नखेल्ने
शनिबार, २८ मंसिर २०७६खेलपाटी संवाददाता

एजेन्सी । भारतका तीब्र गतिका बलर भुवनेश्वर कुमारले वेष्ट इण्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिज गुमाउने भएका छन् ।
ग्रोईनको चोट बोकेपछि भुवनेश्वरले तीन खेलको एकदिवसीय सिरिज गुमाउने भएका हुन् । उनले मुम्बईमा बुधबार भएको अन्तिम टी-ट्वान्टी खेलमा चोट बोकेका थिए ।
भारतले भुवनेश्वरको स्थानमा सार्दुल ठाकुरलाई टिममा बोलाएको छ ।
भारत र वेष्ट इण्डिजविरुद्धको पहिलो एकदिवसीय चेन्नईमा आइतबार सुरु हुनेछ ।





-1778080143092.jpeg&w=3840&q=75)






%20(2)-1777978001805.jpeg&w=3840&q=75)
