सोमबार, २८ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

साग सम्पन्न, पाकिस्तानमा भेट्ने बाचा

मंगलबार, २४ मंसिर २०७६खेलपाटी संवाददाता
साग सम्पन्न, पाकिस्तानमा भेट्ने बाचा

साग आयोजनाको झण्डा हस्तान्तरण गर्दै नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ । फोटो : रमेश सुबेदी । खेलपाटी

Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को औपचारिक समापन भएको छ ।

नेपालले तेस्रो पटक आयोजना गरेको प्रतियोगिता औपचारिक रुपमा मंगलबार समापन भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै साग ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले सबैको सहयोग र मेहनतले प्रतियोगिताको सफल आयोजना गर्न सहयोग पुगेको बताए ।

उनको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आयोजनामा सहयोग गर्ने सबैमा धन्यवाद दिए ।

यस्तै राखेप सदस्य सचिव रमेश सिलवालले सागको आयोजना सुरुवातमात्र भएको बताउँदै अझ ठुला प्रतियोगिताको आयोजना गर्न आफुहरु सक्षम रहेको बताए ।

उनले साग आयोजनाले नेपाल र नेपालीले संसारलाई गर्न सक्छ भनेर देखाउन सफल भएको उल्लेख गरे ।

उनले साग आयोजनालाई सफल बनाउने खेलाडी, प्रशिक्षक तथा खेलकुदका संघहरुलाई विशेष धन्यवाद दिए ।

साग खेलकुदले देशभर खुसी, उर्जा र हाँसो बढेको उल्लेख गर्दै खेलाडीको मेहनतले स्वर्ण पदक जित्न सफल भएको बताए ।

उनले प्रधानमन्त्रीले बुधबार बालुवाटारमा बिशेष कार्यक्रमको आयोजना गरेर खेलाडीलाई आकर्षक प्याकेज घोषणा गर्ने बताए । सदस्य सचिव सिलवालले साग आयोजनाबाट नेपालले विजयको झण्डा फर्फराएको बताए ।

खेलकुद मन्त्री जगत विश्वकर्माले साग आयोजनामा सहयोग पुर्याउने सबैमा धन्यबाद दिए ।

प्रमुख अतिथी उपप्रधान मन्त्री ईश्वर पोखरेलले ऐतिहासिक रुपमा तेस्रो पटक सागको आयोजना गर्न नेपाल सफल रहेको बताए । उनले साग आयोजनामा सहयोग गर्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारकातर्फबाट विशेष धन्यवाद ज्ञापन गरे ।

उनले साग आयोजनाले जनामा बढेको उत्साहलाई अझ बढाउन सरकार प्रतिबद्व रहेको उल्लेख गरे ।

उपप्रधानमन्त्री पोखरेलले आर्थिक कारणले खेलाडीलाई पछुताउने नबनाउन आवश्यक नीति र नियम बनाउने प्रतिबद्वता ब्यक्त गरे ।

नेपालका मुख्य तीन शहरमा १० दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल २६ खेलमा दक्षिण एसियाका ७ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए ।

सन् १९८४ मा नेपालबाट सुरु भएको सागको आठौं संस्करण सन् १९९९ मा काठमाडौंमा भएको थियो । झण्डै २० बर्षपछि नेपालले सागको १३ औं संस्करण आयोजना गर्न सफल भएको छ ।

अन्तिम दिन नेपालले पुरुष फुटबलमा स्वर्ण जित्दै कीर्तिमानी ५१ स्वर्ण सहित प्रतियोगिताको अन्त्य गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एक समारोहको आयोजना गरेर सागको औपचारिक समापन गरिएको थियो ।

पाकिस्तानलाई झण्डा हस्तान्तरण

यस्तै, १४ औं साग आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको छ ।

नेपाल ओलम्पिक कमिटि एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक कमिटिका अध्यक्ष सइद आरीफ हेसनलाई १४ औं साग आयोजनाको झण्डा हस्तान्तरण गरेका हुन् ।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले आगामी संस्करणको साग आयोजनाको जिम्मेवारी पाकिस्तानलाई दिने निर्णय गरेको थियो ।

सोही अनुसार पाकिस्तानका ओलम्पिक कमिटिका अध्यक्षले साग आयोजनाको झण्डा लिएका हुन् । पाकिस्तानले ६ महिना भित्र १४ औं सागको मिति तय गर्नेछ ।

उनले पाकिस्तानले यसअघि सागको सफल आयोजना गरेको उल्लेख गर्दै भब्य रुपमा १४ औं साग आयोजना गरिने बताए ।

नेपालले सफलतापुर्वक साग आयोजना गरेकोमा धन्यवाद दिदै १४ औं सागमा स्वागत गर्न आफु तयार रहेको बताए ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
४ अभ्यास सिरिजमा नेपाल अपराजित

४ अभ्यास सिरिजमा नेपाल अपराजित

विश्वकपअघि विलियम्स पनि घाइते

विश्वकपअघि विलियम्स पनि घाइते

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

कुलान भने भारतीय महिला भलिबल टोलीको मुख्य प्रशिक्षक

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

एन्जीको अलराउन्ड प्रदर्शनसँगै रुपन्देहीको जित

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

पीडामा पनि बार्सिलोनालाई छाड्न नसकेका फ्लिक

 कीर्तिमानी उपाधितर्फ पीएसजी

कीर्तिमानी उपाधितर्फ पीएसजी

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन

बार्सिलोनालाई उपाधि, रियलको निराशाजनक सिजन