काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को महिला फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सार्वजनिक तालिका अनुसार नेपालले पहिलो खेल श्रीलंकासंग खेल्नेछ ।
नेपालको पहिलो खेल डिसेम्बर ३ मा हुनेछ ।
यस्तै डिसेम्बर ५ मा माल्दिभ्ससंग खेल्नेछ । डिसेम्बर ७ मा भारतसंग खेल्नेछ ।
राउण्ड रोविन लिगका आधारमा शीर्ष दुई टिमले फाईनल खेल्नेछ ।
डिसेम्बर ९ मा फाईनल खेलको मिति तय गरिएको छ ।
सागको महिला फुटबलमा चार टिमले मात्र खेल्नेछन् ।
नेपाल सहित श्रीलंका, भारत र माल्दिभ्सले सागको महिला फुटबलमा सहभागीता जनाउनेछन् ।
अन्तिम समयमा आएर पाकिस्तान, भुटान र बंगलादेशले नखेल्ने बताएका छन् ।
सागको महिला फुटबलमा भारतले स्वर्ण जित्दै आएको छ । नेपाल सबै सहभागीतामा रजतमै सिमिति छ ।