एजेन्सी । फ्रान्सले युरोकप छनोटको अन्तिम खेलमा समेत जित हात पारेको छ ।
फ्रान्स समूह एचको शीर्ष स्थानमा रहँदै युरोकपमा बलियो देखिएको छ ।
उसले दोस्रो स्थानको टर्कीसंग दुई अंकको अग्रता लिदै समूह चरणको प्रतिस्पर्धा अन्त्य गर्यो ।
कोरेन्टिन टोलिसोले आठौ मिनेटमा फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका थिए । एन्टोनी ग्रिजम्यानको फ्रिकिकमा उनले हेडमार्फत गोल गरेका थिए ।
ग्रिजम्यानले ३१ औ मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता पहिलो हाफमै दोब्बर बनाएका थिए ।

समूह एचको खेलमा फ्रान्सले १० खेलबाट २५ अंक जोड्यो । अल्बानिया १३ अंक सहित चौथो स्थानमा रह्यो ।
स्पेनले छनोटको अन्तिम खेलमा रोमानिया र जर्मनीले नर्दन आयरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।