एसियन गेम्स : नेपालको ठुलो सफलता रजत, पदक जित्ने खेलाडी कति ?

काठमाडौं । एसियाली खेलकुदको कुम्भमेला एसियन गेम्सको १८ औं संस्करण इन्डोनेसियामा आजबाट सुरु हुँदैछ । इन्डोनेसियाको जाकर्ता र पालेमबाङमा हुने एसियन गेम्स भदौ १७ गतेसम्म हुँदैछ ।
यो संस्करणमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दै छन् । यसअघि २८ खेल लैजाने भनिए पनि स्क्वास खेल थपिएको छ । स्क्वास थपिएसंगै नेपालबाट २९ खेलबाट कुल १ सय ८५ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । जसमा १ सय २९ पुरुष र ५६ महिला खेलाडी रहेका छन् ।
एसियन गेम्सको लागि नेपाली खेलाडीहरु विशेष प्रशिक्षणमा रहेका छन् । अधिकांस खेलाडीहरु बैदेशिक प्रशिक्षणमा रहेका छन् । कमै टोलीले मात्र नेपालमा तयारी गरिरहेका छन् ।
सन् १९५१ मा भारतमा भएको पहिलो संस्करणबाटै नेपालले एसियन गेम्समा पाइला राखेको थियो । प्रत्येक चार बर्षमा हुने एसियन गेम्सको १७ औं संस्करण सकिदा नेपालले दुई पटक मात्र सहभागिता जनाएन् । फिलिपिन्सको मनिलामा भएको सन् १९५४ को संस्करण र इन्डोनेसियाको जाकार्तामा भएको सन् १९६२ को एसियन गेम्समा नेपालको सहभागिता रहेको थिएन ।
पहिलो संकरणबाटै एसियन गेम्समा सहभागिता जनाउदै आएको नेपालको प्रदर्शन भने निकै दयनीय छ । नेपालका २३ खेलाडीले मात्र एसियन गेम्समा पदक जितेको छ । यस्तोमा पछिल्लो समय नेपालको सहभागिता र खेल बढीरहदा पदक सख्या भने घटिरहेको छ ।
नेपालले एसियन गेम्सको १० औं संकरणमा आएर पदकको खडेरी अन्त्य गरेको थियो । दक्षिण कोरियामा भएको सन् १९८६ को एसियन गेम्समा नेपालले ८ कास्य जितेको थियो । जसमा तेक्वान्दो र बक्सिङले समान ४ – ४ पदक जितेको थियो । नेपालका लागि १५ पुरुष र ८ महिला खेलाडीले पदक जितेका छन् ।
एसियन गेम्समा नेपालले पाएको रजत पदक सबैभन्दा ठुलो पदक हो । तेक्वान्दोकी सबिता राजभण्डारीले थाइल्याण्डको बैंककमा भएको सन् १९९८ को एसियन गेम्समा रजत जितेकी थिइन् । जुन नेपालको अहिलेसम्मकै उच्च पदक हो । सबिताबाहेक नेपालका अन्य खेलाडीले कास्य पदक मात्र जितेका छन् ।
एसियन गेम्समा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल तेक्वान्दो हो । तेक्वान्दोले १३ कास्य र १ रजत जितेको छ । यस्तै बक्सिङले ६ कास्य जित्दा करातेले ३ कास्य जितेको छ । मार्सल आर्ट्सका खेलबाहेक अन्य खेलबाट नेपालले पदक जित्न सकेको छैन ।
एसियन गेम्समा नेपालबाट दोहोरो पदक जित्ने खेलाडी तेक्वान्दोका दिपक बिष्ट हुन् । हाल नेपाली तेक्वान्दो टोलीका प्रशिक्षक रहेका दिपकले दक्षिण कोरियाको बुसान र कतारको दोहामा भएको एसियन गेम्समा कास्य जितेका थिए ।
यो पटक भने नेपालले कम्तिमा २ रजत र ३ कास्य जित्ने लक्ष्य बनाएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिब केशव कुमार बिष्टले अहिलेको तयारी हेर्दा नेपालले दुई रजत र तीन कास्य जित्ने निश्चित जस्तै रहेको खेलपाटीलाई बताए ।
एसियन गेम्समा भाग लिने खेल –
फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, स्क्वास, भारोत्तोलन, बक्सिङ, आर्चरी, सुटिङ, टेबलटेनिस, कराँते, ब्याडमिन्टन, पाराग्लाइडिङ, कबड्डी, साइक्लिङ, सेपाकताक्रो, स्पोर्टस क्लाइम्बिङ, पेन्केक सिलात, ट्रायथलन, कुस्ती, फेन्सिङ, गल्फ, जुडो, लनटेनिस, पौडी, उसु, कुराँस, बास्केटबल, स्केटबोर्डिङ
हालसम्म नेपालका कुन खेलाडीले कहिले, कहाँ र कुन पदक जिते ? तालिका हेर्नुस -
|
मिति |
खेलाडीको नाम |
खेल |
पदक |
आयोजक |
|
सन् १९८६ |
स्व. दल बहादुर राना मगर |
बक्सिङ |
कास्य |
दक्षिण कोरिया, सोउल |
|
सन् १९८६ |
तुल बहादुर थापा |
बक्सिङ |
कास्य |
दक्षिण कोरिया, सोउल |
|
सन् १९८६ |
सुशिल पोखरेल |
बक्सिङ |
कास्य |
दक्षिण कोरिया, सोउल |
|
सन् १९८६ |
मनोज बहादुर श्रेष्ठ |
बक्सिङ |
कास्य |
दक्षिण कोरिया, सोउल |
|
सन् १९८६ |
राज कुमार राई |
तेक्वान्दो |
कास्य |
दक्षिण कोरिया, सोउल |
|
सन् १९८६ |
विधान लामा |
तेक्वान्दो |
कास्य |
दक्षिण कोरिया, सोउल |
|
सन् १९८६ |
राजकुमार घर्ती क्षेत्री |
तेक्वान्दो |
कास्य |
दक्षिण कोरिया, सोउल |
|
सन् १९८६ |
राजकुमार बुढाथोकी |
तेक्वान्दो |
कास्य |
दक्षिण कोरिया,सियोल |
|
सन् १९९० |
चित्र बहादुर गुरुङ |
बक्सिङ |
कास्य |
चीन, बेईजिङ |
|
सन् १९९४ |
मान बहादुर शाही |
तेक्वान्दो |
कास्य |
जापान, हिरोसिमा |
|
सन् १९९४ |
सिता राई |
कराते |
कास्य |
जापान, हिरोसिमा |
|
सन् १९९८ |
सबिता राजभण्डारी |
तेक्वान्दो |
रजत |
थाइल्याण्ड, बैंकक |
|
सन् १९९८ |
रजत किशोरश्रेष्ठ |
तेक्वान्दो |
कास्य |
थाइल्याण्ड, बैंकक |
|
सन् १९९८ |
सपना मल्ल |
तेक्वान्दो |
कास्य |
थाइल्याण्ड, बैंकक |
|
सन् १९९८ |
समर बहादुर गोले |
कराते |
कास्य |
थाइल्याण्ड, बैंकक |
|
सन् २००२ |
दिपक बिष्ट |
तेक्वान्दो |
कास्य |
दक्षिण कोरिया, बुसान |
|
सन् २००२ |
रेनुका मगर |
तेक्वान्दो |
कास्य |
दक्षिण कोरिया, बुसान |
|
सन् २००२ |
ऋतु जिमी राई |
तेक्वान्दो |
कास्य |
दक्षिण कोरिया, बुसान |
|
सन् २००६ |
दिपक बिष्ट |
तेक्वान्दो |
कास्य |
कतार, दोहा
|
|
सन् २००६ |
मनिता शाही |
तेक्वान्दो |
कास्य |
कतार, दोहा |
|
सन् २००६ |
आयसा शाक्य |
तेक्वान्दो |
कास्य |
कतार, दोहा |
|
सन् २०१० |
दिपक महर्जन |
बक्सिङ |
कास्य |
चीन, गोन्जाउ |
|
सन् २०१४ |
बिमला तामाङ |
बिमला तामाङ |
कास्य |
दक्षिण कोरिया, इन्चोन |
|
|
|
|
|
|













-1762763443397.jpg&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)