नासा टोली सिंगापुर प्रस्थान
बुधबार, १३ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । हन्ड्रेड युथ आउर फ्युचर कार्यक्रममा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली नासा टोली बिहीबार सिंगापुर जाने भएको छ ।
नोभेम्बर १ देखि ३ तारिखसम्म हुने कार्यक्रममा सहभागी हुने खेलाडीमा सरोजकुमार श्रेष्ठ, सोनी ठकुरी, सुष्मा नेपाल, सदिक्षा आचार्य, विजय पौडेल, अश्विन र सुवर्णसिंह विष्ट छन् ।
नासाका अध्यक्ष दशरथ रिसालको नेतृत्वमा जाने टोलीको व्यवस्थापकमा मञ्चन तिवारी तथा दिप्रस शाक्य रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।





-1771251202949.avif&w=3840&q=75)








%20(1)-1771145193825.jpeg&w=3840&q=75)
