शनिबार, २७ मंसिर २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

महिला क्रिकेट - शानदार उडान, चुनौतीपूर्ण भविष्य

बुधबार, ०६ कार्तिक २०७६विश्वास थापा
महिला क्रिकेट - शानदार उडान, चुनौतीपूर्ण भविष्य
Classic Tech Internet Ad

काठमाडौं । पूर्व क्रिकेट कप्तान लेख बहादुर क्षेत्री (एलबी क्षेत्री) ले नेपालमा महिला क्रिकेटको सुरुवात गरे । उनैले पश्चिम नेपालको जिल्ला बाँकेबाट महिला क्रिकेटको बिजारोपण गरे ।

२०५३ सालबाट नेपाली क्रिकेटको अन्तराष्ट्रिय उडान सुरु गरेपनि महिला क्रिकेट करिब एक दशकपछि मात्र सुरु हुन पुग्यो ।

नेपालले अन्तराष्ट्रिय क्रिकेट सुरु भएको दशक बितेपनि महिला क्रिकेटका बिषयमा सबै अनविज्ञ थिए । तर नेपालले अन्तराष्ट्रिय क्रिकेट खेल्नु अघिनै महिला विश्वकप सुरु भईसकेको थियो ।

२०६१ सालमा पूर्व कप्तान एलबी क्षेत्रीले महिला क्रिकेटको परिकल्पना गरेका थिए । नेपालमा महिला क्रिकेटको थालनी गर्ने उनको सोच थियो ।

सुरुमा उनका कुरालाई धेरैले विश्वासै गरेनन् । कतिले मजाक उडाए । जतिले उनको सोचलाई बुझे, ती सबै क्रिकेटसंग सम्बन्धित थिए । उनीहरु क्षेत्रीलाई हौसला दिन्थे ।

त्यो समय क्षेत्री नेपाल क्रिकेट संघ क्यानका केन्द्रिय सदस्य थिए । अनि क्षेत्रीय क्रिकेट विकास समिति, क्षेत्र नम्बर ५ का अध्यक्ष थिए । नेतृत्वकर्ताको हिसाबमा क्षेत्रीय समितिमा छलफल गर्न उनलाई सजिलो थियो ।
सोही अनुसार उनले सुरुमा विद्यालय प्रतियोगिता आयोजना गर्ने योजना बनाए ।

महिलाले क्रिकेट खेलेकै थिएनन् । शुन्यबाट सिकाउनुपर्ने थियो । सोही कारण उनले विद्यालय रोजेका थिए । विद्यालयस्तरबाट महिला क्रिकेटलाई अगाडी बढाउँदा भविष्यमा नतिजा निस्कने विश्वास उनलाई थियो ।
प्रतियोगिता गराउन टिम चाहिने अनि टिम बनाउन खेलाडी ।

उनी पहिले हरेक विद्यालय धाउन थाले । उनले सुरुमा ४० विद्यालयलाई खबर गरेका थिए ।

विद्यालयका प्रधानाध्यापक उनको सोच देखेर अचम्म मान्थे । तर धेरै उत्साहीत हुन्थे ।

त्यो समय महिला भलिबलमा मुस्किलले ६ खेलाडी भेटिन्थे ।

अब क्रिकेटका ११ खेलाडी कहाँबाट खोज्ने ? प्राय विद्यालयको जवाफ हुन्थ्यो ।

निकै कोशिशबाट ३३ विद्यालयले प्रतियोगिता खेल्न राजी भए ।

अब बिद्यालयका बालिकालाई तालिम दिन पर्ने भो, नियम सिकाउन पर्ने भो ।

क्षेत्रीले उपसमिति बनाएर क्रिकेट सिकाउन विभिन्न जिल्लाको प्रशिक्षणमा केन्द्रमा लागे ।

‘कहिल्यै क्रिकेट बल र ब्याट नसमाएका किशोरीलई कलम समातेर 'क’ लेख्न सिकाए जस्तै बल फाल्न र ब्याट समाउन सिकायौं ।’ एलबी सम्झना गर्छन्, ‘क्रिकेटप्रति किशोरीहरुको ध्यान खिच्नु मुख्य लक्ष्य थियो । कुनै दबाब र हतार नगरि प्रतिभाको छनोटमा जुटेका थियौ । विस्तारै खेलाडीमा क्रिकेको रस पस्न थाल्यो र उत्साहीत पाउन थाल्यौ ।’

पहिलो चरणमा झन्डै एक हजार किशोरीले क्रिकेटको सामान्य ज्ञान लिने मौका पाएको एलबी सम्झन्छन् । ‘समताका लागि क्रिकेट’ भन्ने नाराका साथ अघि बढ्दा बाँके जिल्ला महिला क्रिकेटमय भएको क्षेत्री अहिले नि याद गर्छन् ।

क्षेत्रीको सपनाले करिब एक वर्षमा आकार पाउँदै थियो । ६१ साल फागुनमा विद्यालय प्रतियोगिता हुने तय भयो । कोहलपुर नगर बिकास समितिले उपलब्ध गराएको जग्गासंगै प्रतियोगिताका लागि दुई केन्द्र तोकियो ।

कोहलपुर क्षेत्रका १३ विद्यालयका लागि कोहलपुरको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान र नेपालगन्ज क्षेत्रका १६ विद्यालयका लागि मगलप्रसाद उच्च माविको मैदान ।

फागुन १५ गते एक हप्तासम्म चलेको प्रतियोगिता २० ओभर खेलाईएको थियो ।

दुई केन्द्रबीचको विजेताले फाईनल खेल्ने तय भयो । कोहलपुबाट सूर्योदय मावि र नेपालगञ्जबाट मंगलप्रसाद फाईनल पुगेका थिए । उपाधि भिडन्तमा मंगलप्रसादले ईतिहास रचेको थियो ।

मंगलप्रसादको कप्तानी नेरी थापाले गरेकी थिईन् । फाईनलमा उनले ३६ बलमा ३७ रन बनाएकी थिएन् । बलिङतर्फ ४ ओभरमा ८ रन दिएर २ विकेट हात पारेकी थिईन् । उनै नेरी महिला क्रिकेट टिमको पहिलो कप्तानको रुपमा उदाईन् ।

यस्तै दोस्रो पटक कोहलपुर युथ क्लबले ६३ सालमा कोहलपुर मैदानमा छात्रा क्रिकेट रनिङ सिल्ड प्रतियोगिता आयोजना गरेको थियो । १५ विद्यालय सहभागी प्रतियोगिताको दस्तावेज क्षेत्रीले क्यानमा पठाए । सोही आधारमा नेपाली महिला क्रिकेटलाई एसियन क्रिकेट काउन्सिल (एसीसी)ले उत्कृष्ट महिला क्रिकेट अवार्डबाट सन् २००६ मा सम्मान गरेको थियो । जुन सम्मान नेपाली क्रिकेट इतिहासमा गौरबको बिषय बनेर बसेको छ ।

दोस्रो वर्ष फागुनमा सबैको पहलमा तेस्रो बाँके अन्तर मावि र उच्च मावि छात्रा रनिङ सिल्ड प्रतियोगिता आयोजना भयो । महिला क्रिकेटमा नकआउट चरणका खेल २० ओभर र सेमिफाइनल र फाइनल खेल २५ ओभरको बनाईयो । सोही प्रतियोगितामा पहिलो पटक लेदरको बल प्रयोग गरिएको थियो । यो नै महिला क्रिकेट खेलाडीले लेदरको बलले खेलेको पहिलो प्रतियोगिता बन्यो ।

क्षेत्रीले प्रतियोगिताको रिपोर्ट क्यानमा पठाए । तत्कालिन क्यानका अध्यक्ष विनयराज पाण्डेले क्षेत्रीलाई राष्ट्रिय महिला टिम बनाउन सल्लाह दिए । नेपालले सन् २००७ मा आयोजना हुन लागेको पहिलो एसीसी महिला क्रिकेट प्रतियोगिता खेल्ने लक्ष्य बनायो ।

सोही अनुसार ६४ सालमा पहिलो महिला क्रिकेट छनोट प्रतियोगिता आयोजना गरियो, जसको संयोजक क्षेत्रीनै थिए । प्रारम्भिक छनोटमा २५ र अन्तिममा १४ खेलाडी छनोट भए । टोलीमा नेपालगन्जका खेलाडीको वर्चस्व रहन पुग्यो ।

विद्यालय स्तरबाट सुरु भएको महिला क्रिकेट केहि वर्षमै राष्ट्रिय टिमको आकार पायो । पहिलो पटक राष्ट्रिय टिममा परेका अधिकांश खेलाडी अहिलेसमेत राष्ट्रिय टिममा छन् । विद्यालयलाई लक्षित गर्दै सुरु गरिएको महिला क्रिकेटमा ९० प्रतिशत खेलाडी १९ बर्ष मुनिएका थिए ।

कप्तान नेरी सहित पहिलो पटक राष्ट्रिय टोलीमा रितु कनोजिया, मनिषा रावल, मधु थापा, सरस्वती बिक, निरा राजोपाध्याय, बिनु बुढामगर, नितु थापा, कृष्णा सिंह केशरी चौधरी, सिता राना मगर, ममता थापा थिए ।

अन्तराष्ट्रिय प्रतियोगितामा डेब्यु

सन् २००७ मा मलेसियामा भएको पहिलो महिला एसीसी प्रतियोगितामा थाईल्याण्डविरुद्ध नेपालले अन्तराष्ट्रिय खेलमा डेब्यु गर्यो । कक्षा ७ मा अध्यनरत नेरीको नेतृत्वमा रहेको नेपालले पहिलो खेलमा ५५ रनको एतिहासिक जित हात पार्न सफल रह्यो ।

प्रतियोगिताको दास्रो खेलमा मलेसियासंग बराबरी खेलेको नेपालले बलियो प्रतिद्वन्दी हङकङ र चीनलाई पराजित गर्दै फाईनल यात्रा तय गरेको थियो ।

फाइनलमा बंगलादेशसंग पराजित भए पनि पहिलो सहभागितानै महिला क्रिकेटका लागि अविस्मरणिय रह्यो । कप्तान नेरी उत्कृष्ट बलर घोषित भएकी थिइन् ।

पहिलो सहभागिामा उत्कृष्ट प्रदर्शन गरेका नेपाली महिला टिमलाई देशमा मात्र नभएर पुरै एसियाबाट ठुलो प्रशसा भएको थियो ।

सन् २००८ मा पहिलो एसीसी यू–१९ महिला प्रतियोगिता थाइल्याण्डमा भयो । नेपालको राष्ट्रिय टोलीमा ८–९ जना खेलाडी १९ बर्ष मुनिको भएका कारण नेपाललाई सजिलो भयो । सो प्रतियोगितामा नेपाल च्याम्पियन नै बन्यो । सुरुवातमै महिलाले क्रिकेटरेले उज्जवल भविष्यको संकेत गरेका थिए ।

सन् २००९ मा फेरी मलेसियामा दोस्रो एसीसी महिला च्याम्पियसिप भयो । नेपाल तेश्रो बन्यो । बैतडीकी रितु कनोजियाले नेपाली टिमको कप्तानी गरेकी थिईन् ।

सन् २०१० मा पुन नेपाल युथ क्रिकेटमा अब्बल साबित भयो । पुन नेरीको कप्तानीमा रहेको नेपालले ट्रफी उचाल्न सफल भयो ।

सोही बर्ष चीनको ग्वान्जावमा भएको एसियाड नेपालको लागि अनुभब बटुल्ने थलोमात्र बन्यो ।

नेपालको चौथो प्रतियोगिता सन् २०११ कुबेतमा भएको तेस्रो एसीसी महिला च्याम्पियनसिप रह्यो ।

यस पटक कप्तानी निरा राजोपाध्यायले गरेकी थिईन् । नेपालको नतिजा भने खराब रह्यो । नेपालले चौथो स्थानमा चित्त बुझायो ।

त्यसयता नेपालले अन्तराष्ट्रिय स्तरमा खासै उपलब्धि हासिल गर्न सकेन । गत फेब्रुअरीमा भएको आईसीसी विश्वकप छनोटमा नेपाल एक खेलमा पराजित हुँदै विश्वकपको ग्लोबल छनोटमा जाने एतिहासिक मौका गुमायो । आयोजक थाईल्याण्डसंग हारेपनि नेपालले अन्य राष्ट्रलाई सहजै पाखा लगाएको थियो ।

ग्लोबल छनोटको झण्डै एक महिना अघि नेपाल टी–ट्वान्टी स्म्यासमा थाईल्याण्डसंग फाईनलमा हारेको थियो । त्यस बाहेक महिला क्रिकेट टिमले खासै लोभलाग्दो प्रर्दशन गर्न सकेको छैन ।
अन्तराष्ट्रिय क्रिकेटमा पाईला राख्दै गर्दा शानदार सुरुवात गरेको नेपालको प्रर्दशन र नतिजा निरन्तर घट्दो छ ।

भद्रगोल घरेलु संरचना र अनिश्चित भविष्यले धेरै नयाँ खेलाडी आउन सकेका छैनन् । प्रधानमन्त्री कप नामको एउटा प्रतियोगिता बाहेक महिला क्रिकेटमा खासै गतिलो कार्यक्रम छैनन् ।
न स्तरीय प्रतिस्पर्धा, न त खेलाडी उत्पादनमा सहयोग । उल्टै खेलाडीहरु पाउने पुरस्कार समेत ठगिदै आएका छन् ।

विद्यालय स्तरबाट सुरु भएको महिला क्रिकेट अहिले ठप्प जस्तै छ । जसको प्रभाव नेपालको नतिजा र प्रर्दशनमा प्रष्ट देखिन्छ । दशक बितिसक्दा समेत पहिलो पुस्ताका खेलाडीलाई विस्थापित गर्ने खेलाडी उत्पादन हुन सकेका छैनन् ।

विश्व परिदृष्यमा हेर्ने हो भने पुरुष क्रिकेट भन्दा महिला क्रिकेटमा बढि सम्भाबना देख्छन, एलबी क्षेत्री । ‘कम राष्ट्रले महिला क्रिकेट खेल्ने भएकाले धेरै देशले पुरुष क्रिकेटको तुलनामा महिला क्रिकेटलाई प्राथामिकतामा रहेका छन् ।’ क्षेत्रीले भने, ’उदाहरणका लागि चीन र थाईल्याण्डनै काफी छन् ।’

नेपालले पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा थाईल्याण्डलाई हराएको थियो । त्यही थाईल्याण्ड अर्को बर्ष महिला विश्वकपमा छनोट भएको छ ।

लामो संक्रमण पार गर्दै नेपाली क्रिकेट आईसीसीको निलम्बन फुकुवाको विन्दु सम्म आईपुगेको छ । निर्वाचन मार्फत आएका नेतृत्वसंग महिला क्रिकेटमा लगानी बढाउनुपर्ने जिम्मेवारी छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

Bajaj Pulsar Motorcycle Ad
नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

नेश्नल माउन्टेन बाईक च्याम्पियनसिप हुने

रोहितलाई ६१ लाखको कार र बाइक

रोहितलाई ६१ लाखको कार र बाइक

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

इन्डोर स्केटिङमा सुशील र जेनिशा च्याम्पियन

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

रोहित र शेर चम्किँदा सुदूरपश्चिम ८५ रनमै रोकियो

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

एस्ट्रीमले एनपीएलको फाइनल डिजिटल स्क्रिनमा देखाउने

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

सन्तुलित टोली सुदूरलाई पुनरागमन गरेको लु्म्बिनीको चुनौती

१४ वर्षपछि भारत फर्किए मेसी

१४ वर्षपछि भारत फर्किए मेसी