एजेन्सी । रहिम स्टर्लिङको ह्याट्रिकको सहयोगमा म्यान्चेष्टर सिटीले च्याम्पियन्स लिगमा प्रभावशाली जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा सिटीले ईटालीको एटलान्टालाई ५–१ गोल अन्तरले हराएको हो ।
सिटीले च्याम्पियन्स लिगमा सतप्रतिशत जितको नतिजालाई कायम राख्न सफल भएको छ ।
सिटीको स्टर्लिङ नायक रहे । उनले ह्याट्रिक गर्न सफल रहे ।
खेलमा अग्रता एटलान्टाले २८ औ मिनेटमा रुस्लान मिलिनोवस्कीको गोलबाट लिएको थियो ।
३४ औ मिनेटमा अग्युरोले सिटीका लागि बराबरी गोल गरे ।
त्यसको चार मिनेटपछि पेनाल्टीमा गोल गर्दै अग्युरोले सिटीलाई २–१ ले अघि बढाउन सफल रहे ।
५८ औ मिनेटमा स्टर्लिङले ब्यक्तिगत रुपमा गोलको खाता खोल्दै सिटीलाई ३–१ को अग्रता दिलाए ।
६४ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका उनले ६९ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

८२ औ मिनेटमा फोडिन रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।
समूह सीको खेलमा सिटी सतप्रतिशत नतिजा सहित ९ अंक जोड्न सफल रह्यो । एटलान्टा अंक विहिन हुदै तालिकाको पुछारमा रह्यो ।