काठमाडौं । ब्राजिलमा भएको विश्व कराते च्याम्पियनसिपमा नेपालका टिमको प्रशिक्षक तथा नेपाल राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघका महासचिव दिनेश शर्मा सम्मानित भएका छन् ।
अन्तर्राष्ट्रिय कराते महासंघले नेपालमा मार्शल आर्टसको विकास र विस्तारमा उल्लेख्य योगदान गरेको भन्दै शर्मालाई एप्रिसेसन अवार्ड र गोल्ड मेडलले सम्मान गरेको हो ।
बारा निजगढ ३ सिंगौल निवासी प्रशिक्षक शर्मा यसअघि अमेरिका, बेलायत, जर्मनी, भारत लगायतका देशमा समेत सम्मानित भईसकेका छन् ।
यस्तै च्याम्पियनसिपमा नेपालका राज कुमार दराईले कास्य पदक जितेका छन् । च्याम्पियनसिपमा ६० देखी ६५ केजीको कुमुतेतर्फ राज कुमारले कास्य जितेका हुन् ।
त्यस्तै च्याम्पियनसिपमा नेपाली टोलीको टिम ब्यवस्थापकमा रामकृष्ण श्रेष्ठ (राम बोस) पनि सम्मानित भएका छन् ।
च्याम्पियनसिपका लागि ३ सदस्सीय नेपाली टिम ब्राजिल गएका थिए ।

