नेपाल भारतसँग पराजित
शनिबार, ०२ कार्तिक २०७६खेलपाटी संवाददाता

काठमाडौं । पहिलो संस्करणको दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको तेस्रो खेलमा नेपालले हार व्यहोरेको छ ।
लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा शनिबार भएको खेलमा नेपाल भारतसँग ४२-१८ स्कोरले पराजित भएको छ । भारतको जितमा आसुले १६ अंक जोडिन ।
यसअघि शुक्रबार नेपालले एक खेलमा जित र एक हार व्यहोरेको थियो । नेपालले पहिलो खेलमा पाकिस्तानमाथि ३८–१३ को जित निकालेको थियो । दोस्रो खेलमा भने नेपाल माल्दिभ्ससँग ३५–२७ ले पराजित भएको थियो ।
अर्को खेलमा श्रीलंकाले पाकिस्तानलाई ६८-६ अंकले पराजित गरेको छ ।





-1771251202949.avif&w=3840&q=75)








%20(1)-1771145193825.jpeg&w=3840&q=75)
