सोमबार, ०४ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

दशैं - खेलाडीहरु कसरी मनाउँदै छन् ?

सोमबार, २० आश्विन २०७६गिता राई
दशैं - खेलाडीहरु कसरी मनाउँदै छन् ?
Loading ad...
mustang rice ad

काठमाडौं । दशैं नेपालीहरुको ठुलो पर्व हो । नेपालीहरुले दशैँलाई भव्यताको साथ मनाउने गर्छन् ।

सधै देशको नाम उचो राख्न मैदानमा प्रतिस्पर्धा गरिरहने खेलाडीले पनि दशैं मनाउँदै छन् । खेलाडीको दशैं स्पेशल योजना के छ त ?

सरस्वती चौधरी (भलिबल खेलाडी )

अहिले हाम्रो कम छुट्टी छ । त्यसैले खासै योजना बनाउन सकेको छैन । पहिला परिवारलाई भेट्ने आफन्तहरुलाई पनि भेट्थ्यौ । अब चै भेट्न पाउदैन जस्तो लाग्छ थोरै छुट्टी छ त्यही भएर । अहिले फोकस खेलमा छ । जसको कारण चाडपर्व तथा सेलिब्रेसनहरुमा ध्यान छैन । अहिले सोच भनेकै खेललाई कसरी जित्ने भन्नेछ । यो चाड भन्ने कुरा पटक पटक आइरहेको हुन्छ तर यो खेल भने पटक पटक खेल्न पाइन्न ।
साग गेम्स आउदैछ । हामीले मिहिनेत गरिरहेका छौ । हाम्रो लक्ष्य भनेको गोल्डमेडल हो ।

मण्डेकाजी श्रेष्ठ (कराते खेलाडी)

हामीले अहिले सागको लागि बिहान बेलुका नै ट्रेनिङ गरिरहेका छौ । धेरै भयो बन्द प्रशिक्षणमा बसेको यसपालीको दशैंमा परिवारसँग समय बिताउने विचारमा छु ।

शनिबार घर नयाँ ठिमी जान्छु र परिवारसँग दशैं मनाउछु । पहिला त साथीभाईहरुसँग भेटघाट गरी काठमाडौं बाहिर गएर दशैं मनाइन्थ्यो तर यसपाली बन्द प्रशिक्षण भएकाले काठमाडौं भन्दा बाहिर जाँदिन ।

हामी अहिले सागको लागि फोकस छौ । यहाँ नै परिवारसँग रमाइलो गर्ने विचारमा छु । हामीलाई थोरै बिदा दियो भन्दा पनि हाम्रो लक्ष्य भनेको साग खेल हो । यसमा नै हामी खेलाडी सन्तुष्टिमा छौं, यो बिदा दिनु नै ठूलो कुरा जस्तो लाग्छ मलाई ।
हाम्रो लक्ष्य भनेको गोल्ड छ त्यहीं भएर ४–५ दिन नै हाम्रो लागि सन्तुष्टि जनक नै छ । यत्तिको बिदा दिनुपनि हाम्रो लागि ठूलो कुरा हो ।

मेरोतर्फबाट सबैलाई ‘ह्याप्पी विजयादशमी’ भन्न चाहन्छु । र, आउदै गरेको सागमा आ–आफ्नो विधाबाट सबैले स्वर्ण पदक जितोस्र राष्ट्रिको लागि नाम राखोस् भन्ने चाहन्छु ।

सिपोरा गुरुङ ( भलिबल खेलाडी )

करिब २ वर्षपछि नेपाल आएको छु । हामीले खासै त दशैं मनाउदैनौ तैपनि यो दशैंमा परिवारसँग धेरैभन्दा धेरै समय बिताउने योजना छ ।
अहिले दशैं तिहारको माहोलमा खासै केही गरेको छैन । साथीभाईसँग भेटघाट, रमाइलो त्यही नै हो ।

मैले अहिलेसम्म दशैंमा टीका लगाएको छैन । हाम्रो परिवारमा कसैले पनि टीका लगाउदैन त्यसैले मैले सानैदेखि टीका लगाएको छैन । दशैं तिहार नै हामीले खासै भन्नुपर्दा मान्दैनौ, हामीले ल्होसारहरु चैं मनाउछौं त्यति हो । त्यसैले दशैंको त्यति योजना बनाएको छैन ।

तर दशैंको पर्सिपल्ट अन्नपूर्ण ट्रेकिङ गर्न जाने योजना बनाएको छु ।

नबिता श्रेष्ठ (टेबलटेनिस खेलाडी)

हामी ब्याडमिन्टन खेलाडीको शनिबार पनि बिदा हुँदैन । अहिले बन्द प्रशिक्षणमा बसेका छौ । ट्रेनिङ गर्यो, होटल आयो, खाना खायो, आराम गर्यो हामीलाई त दशैं आएको जस्तो नै महसुस भएको छैन ।

दशैंको बिदा भनेर प्रशिक्षक तथा खेलाडीलाई थोरै समय बिदा दिएको छ । तर, दशैँमा घर जान्छु। त्यसैको भोलिपल्टबाट हाम्रोमा तीन दिनको लागि पुजा सुरु हुन्छ, भोजहरु हुन्छ ।

टिकाको दिनमा ठूलो बडाको हातबाट टिका लगाएर आर्शीवाद लिन्छ । मेरो धेरै परिवार छ त्यसैले टिका लाउदैमा फुर्सद हुँदैन । फुर्सद भएपछि साथीभाइ तथा इष्टमित्र जम्मा भई तास खेलेर रमाइलो गरिन्छ ।

धेरै बिदा छैन त्यसैले टिकाको भोलिपल्टको राति पुन बन्द प्रशिक्षणमा फर्कन्छु ।

आयशा शाक्य (तेक्वान्दो खेलाडी)

ट्रेनिङ पनि छ यसकारण यसपाली दशैं काठमाडौंमा नै मनाउने योजना बनाएका छौं, घर (धनगढी) जाँदैनौ । यहाँ पनि दशैंमा हामीमात्र हुन्छौ । मम्मी, बुवा भाइकोमा अष्ट्रेलिया जानुहुन्छ । हामी र भाइ बुहारीलाई टिका लगाएर दशै मनाउछौ ।
पहिला गाउँ जान्थ्यौ । हाम्रो कुल देवताकोमा नवरात्री बस्नुहुन्थ्यो । त्यहाँ मेला लाग्थ्यो, रमाइलो गरिन्थ्यो ।
योभन्दा पनि पहिला त बन्द प्रशिक्षणमा कम नै छुट्टी हुन्थ्यो वा पाइदैनथ्यो । बिदा कम हुनुमा कसैको दोष छैन । तर पनि यसपाली ५ दिन छुट्टी दिनु भनेबको पनि ठूलो हो । मिसन भएको कारणले गर्दा राम्रै हो भन्ने लाग्छ मलाई । त्यस्तो अप्ठ्यारो भएको छैन ।
रमाइलो लागेको छ । ट्रेनिङ भनेर परिवारसँग बस्न पाइदैन, दशैं आएपछि बिदा हुन्छ । रमाइलो गर्न पाइयो । यस्तो बिजी सेड्युलमा परिवारसँग समय बिताउनु नै ठूलो लाग्छ । त्यहीं कारणले रमाइलो लागिरहेको छ ।

अरुणा शाही (भलिबल खेलाडी )

दशैं सुरु भईसक्यो । तर, हाम्रो मुख्य फोकस त खेलमा नै छ । दशै त सधै मनाइरहेको हो । पहिला आफन्तहरुलाई भेट्ने टिका लगाउने, ठूलोहरुको आर्शीवाद लिने, त्यस्तै गरेर मनाइन्थ्यो अहिले परिवारसँग त्यति टाइम स्पेन्ट गर्न पाइदैन, समय थोरै छ । हामी गएर टिका लगाएर फकिन्छौ । हाम्रो लक्ष्य दक्षिण एसियाली खेलकुदमा छ । त्यसको अगाडि सेन्ट्रल जोन भलिबल पनि छ । त्यो भएको हुनाले अहिले हामी दशैं भन्दा पनि खेलमा नै फोकस छौ ।

रत्नजित तामाङ (ब्याडमिन्टन खेलाडी)

हाम्रो आर्मीहरुको वल्ड मिलिट्री खेल चीनमा हुँदैछ यहीं असोज अन्तिम सातामा त्यसैले दशैंमा घर (भोजपुर) जाँदिन । यसपालीको दशैं यतै नै हुन्छ ।
त्यहीं पनि दशैं सानैदेखि नै त्यति मनाएको छैन । तर तिहार चैं राम्रोसँग मनाउछौ । बुवा, मम्मी उता घरमा हुनुहुन्छ दिदीहरु यतै हुनुहुन्छ, त्यसैले यतै हुन्छ । तैपनि दशैं भन्दा पनि म यहि खेलको लागि व्यस्त छु, फोकस छु ।

प्रतिभा माली (भलिबल खेलाडी )

दशैंको योजना त केही छैन । म त सानैदेखि भलिबल खेल्दै आए । दशैं तिहार भनेको हाम्रो स्कुलमा बिदा धेरै हुन्थ्यो त्यो भएर जहिले पनि के आउथ्यो भने दिमागमा धेरै खेल्न पाइन्छ, खुशी लाग्थ्यो । स्कुलको पछिको समयमा खेलिरहेको हामीलाई धेरै बिदा पाउदा धेरै खुशी लाग्थ्यो । सबैजना घर जानुहुन्थ्यो अनि म सरसँग धेरै खेल्न पाउछु भन्ने खालको सोच मेरो बच्चैदेखि हुन्थ्यो । अहिले घरमा एकछिन समय बिताउने त्यहिँ योजना ।

माला राई (बक्सिङ खेलाडी)

दशैं झापामा मनाउने छु । परिवार तथा इष्टमित्रसँग भेटघाट गरिन्छ । टिकाको दिन ठूलाको हातको टिका थापेर आफ्नो माइती आउछु । त्यहाँ टिका लगाउछु । आफन्तजन भेटेर पोखरा फर्किहाल्छु ।
थोरै बिदा छ चारैैतिर भ्याउनु पर्छ । त्यहीं भएर जाने टिका थाप्ने फर्कि हाल्ने ।
थोरै बिदा दियो भनेर नराम्रो त लागेको छैन । दशैं त अर्काे साल पनि आउछ, खेल हो ठूलो कुरा । अर्काे सालपनि आउछ दशैं अर्काे साल जान्छु र रमाइलो गर्छु ।

रेश्मा भण्डारी (भलिबल खेलाडी )
हामी अहिले बन्द प्रशिक्षणमा छौं । यस पटक कम बिदा छ । छोटो बिदाले मलाई त खासै त्यस्तो केही भएको छैन । मेरो घर यही छ ।

दशैंमा अहिलेसम्म घरबाट बाहिर बसेको छैन । सधै परिवासँगै बसेर मनाएको छ । यसपालि पनि सँगै मनाउन पाउदा खुशी लागेको छ । र, अन्त्यमा सबैजनालाई ‘ह्याप्पी दशैं’ भन्न चाहन्छु ।

कान्छीमायाँ कोजु (एथलेटिक्स खेलाडी)

यसपाली हामीले दशैं मनाउनु हुन्न । दशैं मनाउन नभएपनि यो समयमा परिवारसँग बसेर समय बिताउने छु । परिवारसँग नै रमाउछु ।
हाम्रो नेवारहरुको पुजा पनि गर्नुपर्छ त्यसैले बढी पूजामा व्यस्त हुन्छ । अहिले म आफ्नो नियमित ट्रेनिङ हलचोकमा गएर गर्छु । दशैं भएपनि जे भएपनि एक टाइम आफ्नो ट्रेनिङ गर्छु ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

एनकेएल ड्राफ्टमा विभागीय टिमका ३५ खेलाडी

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

राष्ट्रिय हक्की प्रतियोगिता सोमबारदेखि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

‘बी’ डिभिजनका क्लबले भने– मताधिकार छनोट प्रक्रियामा सहभागी हुँदैनौं

अबदेखि  खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

अबदेखि खेल र अभ्यासमा स्टोक्सले लगाउने छन् हेल्मेट !

सुपर ८ को दौडमा रहेन नेपाल

सुपर ८ को दौडमा रहेन नेपाल

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी

विश्वकपमा सबैभन्दा धेरै रन बनाउने नेपाली ब्याटर बने ऐरी