काठमाडाैं । इन्डोनेसियामा जारी ५३ औं एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा दुई पदक जित्दै इतिहास रच्न सफल खेलाडी रजनी श्रेष्ठ नगदबाट पुरस्कृत हुने भएकी छिन् ।
इन्डोनेसियाको बताममा जारी च्याम्पियनसिपमा दुई पदक जितेकी रजनीलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले व्यक्तिगततर्फबाट १ लाख ५० हजारले पुरस्कृत हुने भएकी छिन् । संघका अध्यक्ष श्रेष्ठले मंगलबार प्रेस विज्ञप्ति निकाल्दै नगदबाट पुरस्कृत गर्ने घोषणा गरेका हुन् ।
सोमबार रजनीले दुई फरक विधामा पदक जित्दै इतिहास बनाएकी थिइन् । रजनीले ५५ केजी तौल समूहमा रजत पदक जितिन ।
यस्तै रजनीले ३० वर्ष वा सो भन्दा माथिको समूहमा काँस्य पदक जित्दै इतिहास रचेकी हुन् ।
रजनीले गत साउनमा नेपालमा आयोजना भएको १२ औं दक्षिण एसियाली बडिबिल्डिङ च्याम्पियनसिपको महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन् ।
