काठमाडौं । नेपालमा जारी तेस्रो संस्करणको साफ यू-१८ च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनलमा अहिले भुटान र बंगलादेशबीच प्रतिस्पर्धा भईरहेको छ ।
हल्चोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा बंगलादेश ३-० ले अघि रहेको छ । पहिलो हाफमा बंगलादेशका लागि तन्बिन हुसेन, फोसल अहमेद फाहिम र मिराज हुसेनले गोल गरे ।
पहिलो हाफमा भुटानले पाएको केहि मौकालाई सदुपयोग गर्न सकेन् ।
आज दुवै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
पहिलो पटक सेमिफाइनल पुगेको भुटान समूह 'ए' को विजेता बनेको थियो । बंगलादेश समूह 'बी' को उपविजेता बनेको थियो ।
दोस्रो सेमिफाइनलमा भारत र माल्दिभ्सबीचको हुनेछ ।