बर्लीनसँग डर्टमण्ड पराजित
आइतबार, १५ भाद्र २०७६खेलपाटी संवाददाता

एजेन्सी । जर्मन बुन्देस लिगा फुटबल बोरुसिया डर्टमण्ड पराजित भएको छ ।
शनिबार राति भएको खेलमा डर्टमण्डलाई युनियन बर्लीनले ३-१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा बर्लीनलाई जित दिलाउन मारीउस बुल्टरले दुई गोल गरे । यस्तै सेबस्टाईन एण्डरसनले एक गोल थपे ।
डर्टमण्डको पाको अल्कासरले एक गोल फर्काए ।
बर्लीनसँगको हारसँगै डर्टमण्डले लिगमा पहिलो हार व्यहोरेको छ । डर्टमण्डले ३ खेलमा ६ अंक जोडेको छ । बर्लीनको यो पहिलो जित हो ।













-1765539955299.jpeg&w=3840&q=75)