एजेन्सी । बहुचर्चित टेष्ट सिरिज 'एसेज सिरिज' अन्तर्गतको पहिलो टेष्टमा अहिले इंग्ल्याण्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ ।
इंग्ल्याण्डको एज्बास्टनमा अष्ट्रेलियाले टस जितेको छ र पहिले ब्याटिङ रोजेको छ । अष्ट्रेलियाले ब्याटिङ रोजेपछि इंग्ल्याण्डले सुरुवातमा बलिङ गर्नेछ ।
दुवै टोली पहिलो टेष्ट जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । पछिल्लो पाँच खेलको टेष्ट सिरिजमा इंग्ल्याण्ड बलियो देखिएको छ ।
इंग्ल्याण्डले ३ टेष्ट सिरिज जितेको छ भने अष्ट्रेलियाले २ सिरिज जितेको छ । गत वर्ष भने अष्ट्रेलियाले सिरिज जितेको थियो ।
यस सिरिज टेष्ट च्याम्पियनसिप अन्तर्गतको सिरिज हो । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गत महिना विश्व टेष्ट च्याम्पियनसिपको औपचारिक घोषणा गरेको थियो । र, यसै खेलबाट च्याम्पियनसिपको सुरुवात भएको छ ।
