एजेन्सी । फ्रान्सेली स्टार एन्टोनियो ग्रिजम्यानले बार्सिलोनाबाट सबै उपाधि जित्न आफु आतुर रहेको बताएका छन् ।
कीर्तिमानी मुल्यमा एट्लेटिको मड्रिडबाट बार्सिलोना आएका ग्रिजम्यानले क्लबसंगै आफुले समेत सबै उपाधि जित्न चाहेको उल्लेख गरेका हुन् ।
बार्सिलोनामा प्रभाव छाड्न आतुर रहेको बताउँदै ग्रिजम्यानले नाउ क्याप आउदाँ आफुलाई निकै खुसी लागेको उल्लेख गरे ।
उनी गत शुक्रबारमात्र १ सय २० मिलियन युराेमा बार्सिलोना आएका थिए ।
निकै प्रतिक्षापछि उनको सरुवाले पुर्णता पाएको थियो ।

‘म यहाँ आउदाँ निकै उत्साहित छु । र यसको सुरुवात गर्न उत्सुक छु ।’ बार्सिलोनामा आबद्व भएपछि पहिलो पटक सञ्चारमाध्यमसंग ग्रिजम्यानले भने ।
‘यहाँ नयाँ चुनौती हुनेछ । म यहाँ सबै चिज जित्न चाहन्छु ।’ उनले थपेका छन् ।
‘एट्लेटिको छाड्नु आफैमा कठिन निर्णय थियो । तर यस्तो प्रकारको निर्णय लिनपनि पर्छ ।’ उनले थपे, ‘मेस्सीविरुद्व खेल्दा निकै रमाईलो अनुभव हुन्थ्यो । अब म त्यो हरेक दिन ट्रेनिङमा लिन पाउनेछु ।’
‘म अहिले महान क्लबमा छु । म भविष्यमा केन्द्रित छु ।’ उनले भने ।