एजेन्सी । प्रि–सिजन टूरमा रहेको बुन्डेशलिगा क्लब बोरुसिया डर्टमण्डले फराकिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा डर्टमण्डले जर्मन क्लब स्विनवर्गमाथी १०–० को फराकिलो जित निकालेको हो ।
पहिलो हाफमा ५ गोल गरेको उसले दोस्रो हाफमा थप ५ गोल गरेको थियो ।
डर्टमण्डको जितमा म्याक्सिमिलियन फिलिपिन्सले ह्याट्रिक गरे । उनले पहिलो हाफमा ५ मिनेटको अन्तरमा ह्याट्रिक गर्न सफल भएका थिए ।
उनले खेलको ३९, ४० र ४३ औ मिनेटमा गोल गरेका थिए ।
डर्टमण्ड गत सिजन उपाधिबाट बिमुख भएको थियो । बार्यन म्युनिखले उपाधि रक्षा गर्दा डर्टमण्ड दोस्रो स्थानमा रहदै लिगको अन्त्य गरेको थियो ।