पोखरा । पोखराको सहारा एकेडमीले विष्णु गुरुङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । सहारा क्लब पोखराले सोमबार विष्णुलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
रुस्लान थ्री स्टारका पूर्व मिडफिल्डर विष्णु एकेडमीबाटै उत्पादित खेलाडी हुन् । एकेडमीको पहिलो ब्याचका विष्णुले पछिल्लो सिजन संकटा क्लबबाट 'ए' डिभिजन लिग खेलेका थिए ।
प्रशिक्षक विष्णुले एफसी ‘बी' लाइसेन्स कोर्ष गरिसकेका छन् । विष्णुलाई एकेडमीले एक वर्षको लागि प्रशिक्षक नियुक्त गरेको हो ।
सहारा एकेडेमीमा अहिले विपन्न वर्गका २६ खेलाडी फुटबल प्रशिक्षण लिईरहेका छन् ।