• फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बिहिवार, फाल्गुन १३, २०७७
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
Live Updates
Search Here
कुस्ती
  • गृहपृष्ठ
  • कुस्ती
मानहानीको मुद्दा हाल्ने राणा पक्षको चेतावनी
64x64
मगलवार, मंसिर ३, २०७६ खेलपाटी संवाददाता
पत्रकार सम्मेलनमा नारायण देव राणा । फाेटाे : खेलपाटी

काठमाडौं । नेपाल कुस्ती संघका अध्यक्ष नारायण देव राणाले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आलटाल गरेको आरोप लगाउँदै मानहानीको मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष राणाले अदालतले आफ्नो नेतृत्वको संघलाई काम गर्न दिएको आदेश राखेपले कार्यान्वयन नगरेको आरोप लगाएका हुन् ।

‘अदालतले मेरो नेतृत्वको कार्य समितिलाई काम गर्न दिएको अन्तरिम आदेश र पुन सोही अन्तरिम आदेशलाई निरन्तरता दिन दिएको आदेश समेत कार्यान्वयन गर्न राखेपले आलटाल गरेको छ ।’ राणाले पत्रकार सम्मेलनमा भने ।

उनले अदालतको आदेश कार्यान्वयन नगरि आसन्न दक्षिण एसियाली खेलकुद (साग)को टेक्निकल हेण्डबुकमा संघको अध्यक्षमा अरु कसैको नाम राखेको र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण पदक विजेता खेलाडीलाई न्यायपुर्ण तरिकाले बाहिर राखेको आरोप लगाएका छन् ।

सोही प्रमाणका आधारमा पुन कानुनी उपचार खोज्ने उनले बताएका छन् ।

अदालतको आदेश कार्यान्वयनमा गम्भिर नभए अदालतमा मानहानीको मुद्वा हाल्ने राणाले चेतावनी दिएका हुन् ।

‘केही दिनमा समेत आदेश कार्यान्वयन भएन भने राखेपविरुद्ध अदालतमा मानहानीको मुद्दा हाल्ने तयारी हो ।’ उनले भने ।

के हो विवाद ?

यसअघि, दुई कुस्ती संघ अस्तित्वमा थिए । एक राष्ट्रिय अर्को अन्तराष्ट्रिय ।

राणा नेतृत्वको संघलाई राखेपले मान्यता दिएको थियो । नेपाल ओलम्पिक कमिटिले राजमोहन अन्सारी नेतृत्वको संघलाई मान्यता दिएको थियो ।

राणा नेतृत्वको कार्यसमितिले नयाँ निर्वाचनका लागि राखेपसंग मिति माग्यो । तर संघभित्रको आन्तरिक विवाद देखाएर राखेपले मिति दिन आलटाल गर्यो ।

अन्तिममा कार्यसमितिको म्याद सकिने बित्तिकै राखेपले गत असार ९ गते राजमोहन अन्सारीको नेतृत्वमा संघ पुर्नगठन गर्यो ।

अर्थात राखेप र ओलम्पिक कमिटि मिलेर राणा नेतृत्वको संघमाथि ‘कु’ गरिदिए ।

राजमोहन नेकपा निकटका हुन् । उपाध्यक्ष पिताम्बर तिम्सिनाले नेकपा निकटका राजमोहन नेतृत्वमा संघ पुर्नगठन गर्न भूमिका खेलेका थिए ।

राखेपले अन्याय गरेको भन्दै राणा अदालते गए ।

अदालतले गत असोज ७ गते राणा नेतृत्वको संघलाई सफाईको मौका नदिएर संघ पुर्नगठन गरेको भन्दै राणा पक्षको कार्यसमितिलाई काम गर्न अन्तरिक आदेश दियो र थप छलफलका लागि बोलाएको थियो ।

सर्वपक्षिय छलफलपछि अदालतले पुन गत असोज २८ गते अन्तरिम आदेशलाई निरन्तरता दिने फैसला सुनायो ।

तर अदालतले आदेश दिएपनि राणा पक्षलाई काम गर्न पाएको छैन । राखेपले अदालतको आदेश अवज्ञा गरेको राणा पक्षको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार
सागको कुस्तीमा भारतको वर्चश्व
कुस्तीमा नेपाललाई चार पदक
कुस्तीमा नेपालकी संगीतालाई ऐतिहासिक स्वर्ण
कुस्तीमा भारतलाई चार स्वर्ण
साग विशेष : मधेशले थेगेको कुस्ती
कुस्तीमा प्रदेश २ को रवाफ, जित्यो ६ स्वर्ण
  • ताजा समाचार
  • खेल आज
बुद्ध क्रिकेट क्लबको जित
मैत्रीपूर्णमा रौतहटको महिला टोलि विजयी
इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट
एनभीए क्लब भलिबल लिग चैतमा
हाप्किडोको राष्ट्रिय च्याम्पियसिप बैशाखमा 
हट–शट
मिक्छेन तामाङ फुटबलर Weight 64 kg Height 5.7 ft Birthday 24 Sep
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • मार्शल आर्ट
  • ट्रयाक एण्ड फिल्ड
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

खेलपाटी मिडिया प्रा.लि.

बानेश्वर, काठमाडौं

समाचारका लागि ९८४१४६३४१३
khelpati7@gmail.com

विज्ञापनका लागि ९८४४७५२०९६
marketing@khelpati⸳com

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
संवाददाता रमेश सुवेदी विश्वास थापा गिता राई
गण्डकी प्रदेश संवाददाता रिना थापा
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Follow us on Google+ Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2021 Web Design by : SoftNEP