• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Women's saff
  • गृहपृष्ठ
  • Women's saff
उपाधि, सावित्रा र एन्फा
हिम बिक्रम केसी
शुक्रबार, चैत ८, २०७५ हिम बिक्रम केसी
उपाधि, सावित्रा र एन्फा

विराटनगर ।

उपाधि ।।

पछिल्ला ५ बर्ष घरेलु फुटबलमा ठुला उथलपुथल भए । निरन्तरता र क्रमभंगताको स्वरुपमा पेचिलो शक्ति संघर्ष चल्यो । त्यसले घरेलु फुटबललाई एक हिसाबले तहस नहसै बनायो ।

मैदानभित्रका गतिवविध शुन्य थिए, बाहिर परिवर्तनका नारा चर्का थिए । खेलाडी पलायन भईरहेका थिए, धेरैले फुटबल छाडेर वैकल्पिक पेशा अंगाल्न सुरु गरेका थिए । मोफसलका नकआउट गोल्डकप खेलेरे धेरै राष्ट्रिय टिमका खेलाडीले आफ्नो गुजारा चलाएका थिए ।

त्यसमा महिला खेलाडीको अवस्था अझ दयनिय थियो । घरेलु प्रतियोगिता लगभग शुन्य थिए, अन्तराष्ट्रिय सहभागिताको टुङ्गो थिएन । निराशपुर्ण वर्तमान र अनिश्चित भविष्यलाई लिएर खेलाडीहरु फुटबल कर्म अघि बढाईरहेका थिए ।

धेरैको एउटै गुनासो थियो, एन्फा र राज्यको नजरमा महिला फुटबल कहिल्यै परेन । बर्षको एउटा प्रतियोगिता खेलेर फुटबललाई अब निरन्तरता दिन सकिदैन ।
त्यसो भए के पर्खिएर बसेको त ? राष्ट्रिय टिमकी गोलरक्षक एन्जिला तुम्बाप्पाे शुब्बालाई एक भेटमा मैले सोधेका थिए ।

‘जिवनका एक पटक साफको उपाधि जितेर देखाउन मन छ ।’ उनले भनेकी थिईन् ।

एन्फाले दिने मासिक सात हजार तलबमा खेल जिवन अघि बढाईरहेका राष्ट्रिय महिला टिमका खेलाडीको प्रतिनिधित्व उनको आवाजमा थियो ।

मासिक सात हजार तलबमा काठमाडौंको महङ्गो दैनिकी चलाईरहेका महिला खेलाडी यतिबेला विराटनगरमा छन् । उनीहरुको एउटै सपना छ, साफको उपाधि जितेर देखाउने ।

सपनासंगै खेलाडीमा सबैलाई देखाईदिने ‘ईख’ जोडिएको छ । त्यही ‘ईख’ विराटनगरको सहिद रंगशालामा उपाधि यात्रामा निर्णायक बन्न सक्नेछ । र सोही उपाधिले महिला फुटबलको भविष्यको बिषयमा धेरै कुरा बोल्नेछ ।

सावित्रा ।।

महिला साफमा ६ देश सहभागि छन् । तर सबैको नजर एक खेलाडीमा बिशेष छ । उनी हुन्, नेपालकी सावित्रा भण्डारी । सबै देशका प्रशिक्षक उनको प्रशंसामा शब्द खर्चिन्छन् । हरेक फुटबल समर्थक उनको खेलमा मोहित छन् । ‘गोलको भकारी, सावित्रा भण्डारी’ लेखिएका ब्यानर विराटनगरको सहिद रंगशालामा ब्यापकै देखिन्छ ।

शुक्रबार भारतविरुद्व मैदान उत्रदै गर्दा सबैको नजर उनै सावित्रामा अडिएको हुनेछ । हरेक जितमा एक नायकको खोजी हुन्छ । भारतविरुद्वको उपाधि भिडन्तमा नेपालले खाजेको सावित्राको नायकत्व प्रर्दशननै हो ।

सावित्रा महिला फुटबलको ठुलो नाम बनेकी छिन् । उनले खेल कौशल र आत्मविश्वासबाट सबैको मन जितेकी छिन्, एउटा सम्भावना देखाएकी छिन् । अब पालो त्यही सम्भावनालाई साकार बनाउने हो । उनीप्रति गरिएको विश्वासलाई मैदानमा प्रमाणित गरिदिने हो ।

के उनी भारतविरुद्वको खेलमा सफल होलिन् ?
यक्ष प्रश्न यही बनेको छ ।

अघिल्लो महिना नेपाल र भारत भिडेका थिए, हिरो गोल्डकपमा । खेल नेपालले २–१ ले जितेको थियो । नेपालका लागि दुवै गोल सावित्राले गरेकी थिईन् । शुक्रबार हुने खेलमा सावित्राबाट सोही प्रर्दशनको अपेक्षा नेपाली फुटबलले गरेको छ ।

एन्फा ।।

साफ उद्घाटनको अघिल्लो दिन विराटनगर झरेका एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा काठमाडौंमा फर्किएका छैनन् । अध्यक्षमात्र होईन्, फुटबलका अधिकांश पदाधिकारी यतिबेला विराटनगरमै छन् । एन्फा आफैपनि उपाधिका लागि कति ‘ब्यग्र’ छ भन्ने बिषय पछिल्लो जमघटले देखाउँछ । आमुल परिवर्तनको नारा सहित नेतृत्वमा आएको वर्तमान टिम समेत उपाधि जितेर फुटबल राम्रो बाटोमा अघि बढिरहेको सन्देश दिन चाहन्छ ।

एन्फामा नयाँ नेतृत्व आउने बित्तिकै एक पछि अर्को घटना बाहिर आए, ती प्राय खराब समाचार थिए । सुशासन र पारदर्शीताको नारा सहित आएको नयाँ कार्यसमिति माथिनै भ्रष्ट्राचारको आरोप लाग्यो । फुटबललाई अस्थिर र बदनाम बनाउने कोशिश निरन्तर बाहिरबाट भए । समयसंगै धेरै भेदहरु खुल्दै जानेछन् । तर वर्तमान नेतृत्वलाई फुटबल सहि बाटोमा हिडेको सन्देश दिनुपर्ने दबाब छ । त्यो सन्देश मैदानभित्रको नतिजाले मात्र दिन सक्छ । त्यसैले सबैभन्दा बढी उपाधिको आवश्यक यतिबेला एन्फाको वर्तमान नेतृत्वलाई छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कप्तान निरुले मागिन् माफी
कप्तान निरुले मागिन् माफी
साफको उपाधि भिडन्तमा कहाँ चुक्यो नेपाल ?
साफको उपाधि भिडन्तमा कहाँ चुक्यो नेपाल ?
साफ उपविजेतालाई विराटनगर महानगरले जनही ५० हजार दिने
साफ उपविजेतालाई विराटनगर महानगरले जनही ५० हजार दिने
सावित्रा र ईन्दुमती सर्वाधिक गोलकर्ता
सावित्रा र ईन्दुमती सर्वाधिक गोलकर्ता
‘हारको सबै जिम्मेवारी म लिन्छु’
‘हारको सबै जिम्मेवारी म लिन्छु’
नेपाललाई हराउँदै भारत साफ च्याम्पियन
नेपाललाई हराउँदै भारत साफ च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
कार्लोको बने ब्राजिलको मुख्य प्रशिक्षक
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
क्लब विश्वकपमा रियल सम्हाल्न आउँदै अलोन्सो
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP