काठमाडौं । पाँचौ संस्करणको केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिता आजबाट राजधानीमा सुरु हुँदैछ ।
आयोजक शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता लगनखेलस्थित नेपाली सेनाको शैनिक खेलकुद परिसरमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा होङवान्जी न्यु डायमण्ड एकेडेमी र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । प्रतियोगिताको उद्घाटन नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गर्नेछन् ।
जापानको नम्बर एक पेन्ट कम्पनि केएनपी जापानको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
यस संस्करणमा साविकको विजेता एपीएफ, होङवान्जी न्यु डायमण्ड एकेडेमी, त्रिभुवन आर्मी, नेपाल पुलिस, पश्चिमाञ्चल भलिबल टोली र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता रहनेछ ।
प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी र शेरबहादुर खड्का स्पेसल अवार्ड विजेताले १५/१५ हजार पाउने छन् । विधागततर्फ उत्कृष्ट ७ जनाले जनही ५ हजार पुरस्कार पाउनेछन्।