• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
बुधबार, असार १५, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
भलिबल भलिबल
  • गृहपृष्ठ
  • भलिबल
umbro
भद्रगोल भलिबल, अन्यौलमा निर्वाचन 
खेलपाटी संवाददाता
सोमबार, जेठ ३०, २०७९ खेलपाटी संवाददाता
भद्रगोल भलिबल, अन्यौलमा निर्वाचन 

काठमाडौं । केन्द्रिय निर्वाचनका लागि औपचारिक तयारी थालेको नेपाल भलिबल संघको संस्थागत भद्रगोल सतहमा आएको छ । असार १० गतेभित्र जिल्ला र प्रदेश निर्वाचन सक्ने निर्णय गरेको नेपाल भलिबल संघको संशोधन विधाननै भेटिएको छैन ।  

संघको पछिल्लो बैठकले जिल्ला र प्रदेश निर्वाचनका लागि केन्द्रित प्रतिनिधि तोकेको छ । तर पुरानै विधान लिएर जिल्ला र प्रदेशको निर्वाचनमा कसरी गर्ने भन्नेमा केन्द्रिय प्रतिनिधिनै अन्यौलमा छन् । देश संघीयतामा गैसकेपछि संघले गंगाबहादुर थापाको नेतृत्वमा विधान संशोधन गरेको थियो । तर संशोधित विधान राखेप र संघमा समेत भेटिदैन । 

संघ निर्वाचनमा होमिएसँगै केन्द्रिय पदाधिकारीले विधानको शोधखोज गरेका थिए । तर संशोधन विधान संघमा समेत भेटिएको छैन भने राखेपमा समेत देखिदैन । संघको व्यवस्थापकीय र प्रशासनीक कामको जिम्मेवारी लिएका महासचिव जितेन्द्रबहादुर चन्दले निर्वाचन प्रतिनिधिसँग संशोधित विधान आफुसँग नभएको बताउने गरेका छन् । 

बागमती प्रदेशका लागि केन्द्रित प्रतिनिधि तोकिएका कुमार राज सुबेदीले जिल्ला र प्रदेशमा पुरानै विधान अनुसार निर्वाचन लगाउने तयारी रहेको बताए । ‘जिल्लाको हकमा पुरानै जिल्लाको पुर्नगठन गर्ने हो । पुरानै विकास क्षेत्रको संरचनामा प्रदेश गठन गर्ने हो । सोही अनुसार तयारी भएको छ ।’ उनले भने । 

संघको पुरानो विधानमा जिल्लाबाट एक जना र क्षेत्रबाट २ जना प्रतिनिधिको केन्द्रिय निर्वाचनमा भाग लिने गरि व्यवस्था छ । तर केन्द्रित निर्वाचनमा प्रदेशबाट कति प्रतिनिधि सहभागी हुने अन्यौलता कायमै छ । संशोधित विधान नहुदाँ जिल्ला र प्रदेशको निर्वाचन प्रभावित बन्ने देखिएको छ । 

संघको वर्तमान कार्यसमितिको चार वर्षे कार्यकाल दुई वर्षअघिनै सकिएको थियो । तर १३ औं साग, कोभिडको महामारी र नयाँ ऐनको कार्यान्वयनसँगै संघको निर्वाचन प्रभावित बन्यो । ऐन लागुभएपनि नियमावली नबन्दा राष्ट्रिय संघको निर्वाचन हुन सकेको छैन । ठुला संघले अन्तराष्ट्रिय मान्यताको हवाला दिदै निर्वाचन गरेपनि राखेपको अनुमादनमा आश्रित संघको निर्वाचन लामो समयदेखि प्रभावित बन्दै आएको छ । 

नयाँ ऐनमा हरेक खेलकुद संघ प्रदेशमा दर्ता हुनुपर्ने र नगर खेलकुद विकास समितिमा दर्ता भएका क्लबको आधारमा जिल्ला र प्रदेश गठन हुने उल्लेख गरेको छ । तर धेरै स्थानीय तहले नगर खेलकुद विकास समितिको कानुन र संरचना तयार गरेका छैनन् । स्थानीय तहसँग समन्व्य नगरि आएको राष्ट्रिय खेलकुद विकास ऐन कार्यान्वयन जटिलता त छदै छ, ऐनले निर्देशित गरे अनुसार अधिकांश राष्ट्रिय संघ प्रदेश र स्थानीय तहमा गएका छैनन् । 

राखेप सदस्य सचिव टंकलाल घिसिङले भलिबल संघको जिल्ला र प्रदेश निर्वाचनको सन्दर्भमा आफुलाई जानकारी नभएको बताए । उनले राखेपको संघ संस्था शाखासँग बुझेर मात्र आफुले भलिबल संघको निर्वाचनको सन्दर्भमा ध्यानाकर्षण गराउन सकिने उल्लेख गरे । 

‘निर्वाचनको सन्दर्भमा मलाई जानकारीमा आएको छैन । शाखमा बुझेर यसबारे जवाफ दिन सक्छु ।’ उनले भने, ‘हामी ऐनको नियमावली पनि १५–२० दिनमा पास गर्दैछौं । केही दिनमै रोकिएका संघको निर्वाचनलाई अघि बढाउन पत्र काट्ने तयारीमा छु ।’    

निर्वाचनमा आएर राष्ट्रिय खेल भलिबलको व्यवस्थापकीय र प्रशासनीक कमजोरी छताछुल्ल भएको छ । संघको विधान केन्द्रिय कार्यालयमा पनि भेटिएको छैन, राखेपमा पनि देखिदैन । प्रशासनीक जिम्मेवारी सम्हालेका महासचिव जितेन्द्रबहादुर चन्दले आफुसँग समेत विधान नभएको जवाफ दिने गरेका छन् । विगत १० वर्षदेखि संघको महासचिवको जिम्मेवारी चन्दले सम्हाल्दै आएका थिए । धारणा माग्न खोज्दा उनको फोन उठ्दैन । 

बागतमी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव सुर्यलाल भण्डारीले आफ्नो प्रदेशमा कुनैपनि संघ दर्ता हुन नआएको खेलपाटीलाई बताए । ‘भलिबलमात्र हैन कुनै पनि संघ प्रदेशमा दर्ता हुन आएका छैनन् । प्रदेशमा दर्ता नभएका संघले गरेका निर्वाचन र संघलाई भोलिका दिनमा प्रदेशले चिन्दैन । मान्यता पनि दिदैन ।’ उनले भने ।   

संघको गत हप्ता पोखरामा सम्पन्न केन्द्रिय कार्यसमितिको पूर्ण बैठकले जिल्ला र प्रदेशको निर्वाचन असार १० गतेभित्र सक्ने निर्णय गर्दै केन्द्रिय प्रतिनिधि तोकेको थियो । बैठकले पूर्व अध्यक्ष गंगाबहादुर थापाको नेतृत्वमा तीन सदस्यीय संघको विधान मस्यौदा समिति गठन गरेको थियो । तर समितिसंगै संघको संशोधित विधान हात परेको छैन । 

संघका एक पदाधिकारीका अनुसार कुन विधानमा टेकेर जिल्ला र प्रदेशको निर्वाचन गराउने भन्नेमा अन्यौलता रहेको बताए । ‘पुरानै विधान अनुसार जिल्लाबाट प्रतिनिधि ल्याउने योजना बनाईरहेका छौं । तर नयाँ ऐनले स्थानीय र जिल्ला खेलकुद संघको सन्दर्भमा प्रदेशलाई जिम्मेवार बनाएको छ । त्यसैले कुन विधानमा टेकेर जिल्ला र प्रदेशको निर्वाचन गर्ने भन्ने अन्यौलता देखिन्छ ।’ उनले भने, ‘यसले भोलि निर्वाचनको वैधानिकतामाथिनै प्रश्न चिन्ह खडा गर्छ ।’ 
 

kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिस र एपीएफको विजयी सुरुआत
पुलिस र एपीएफको विजयी सुरुआत
बाग्मती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिबाट
बाग्मती प्रदेश न्यु डायमन्ड कप भलिबल भोलिबाट
बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन
बैरागीको अध्यक्षतामा लुम्बिनी प्रदेश भलिबल संघ गठन
न्यू डायमन्डलाई उपाधि
न्यू डायमन्डलाई उपाधि
महेन्द्र रत्नलाई उपाधि
महेन्द्र रत्नलाई उपाधि
फाइनलमा न्यू डायमन्ड र परोपकार भिड्ने
फाइनलमा न्यू डायमन्ड र परोपकार भिड्ने
ad
kamana
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
फुटबल विकासमा सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन 
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
नेपाली क्रिकेट टोली क्यानडा पुग्यो
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
एसियन कप आयोजकको दाबी पेशको म्याद थप
डिफेन्डर बोटम्यान न्युकासलमा
डिफेन्डर बोटम्यान न्युकासलमा
नेम्वाङलाई कतार र जापान एफएको बधाई
नेम्वाङलाई कतार र जापान एफएको बधाई
Shine Resunga development bank
हट–शटहट–शट
अन्जना राना मगर फुटबल खेलाडी अन्जना राना मगर Weight 52 kg Height 1.61 ft Birthday Aug 18
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP