• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
मंगलबार, असोज १६, २०८०
Khelpati
Ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
तेक्वान्दो तेक्वान्दो
  • गृहपृष्ठ
  • तेक्वान्दो
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण तेक्वान्दो दक्षिण कोरियामा हुने
खेलपाटी संवाददाता
बिहीबार, वैशाख २८, २०८० खेलपाटी संवाददाता
अन्तर्राष्ट्रिय मैत्रीपुर्ण तेक्वान्दो दक्षिण कोरियामा हुने

काठमाडौं । इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीप (आईओएफटिसी) को १४ औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ ।

कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुनेछ । 

kamana bank
clasic tec

गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव केरेन ब्लाकलेजले दक्षिण कोरियाको सोल शहरलाई आयोजनाको जिम्मेवारीस्वरुप जिटु वल्र्ड र्याङ्किङ तेक्वान्दो च्याम्पियनसीपका स्वर्ण पदक विजेता राजु क्षेत्रीलाई आइओएफटिसीको झन्डा हस्तान्तरण गरेका थिए । 

एनआरएन दक्षिण कोरियका पूर्व अध्यक्षका साथै अन्तर्राष्ट्रिय खेलाडी तथा रेफ्री क्षेत्री सोलमा हुने १४ औँ आइओएफटिसीमा संयोजकको भूमिकामा रहने छन् ।

आइओएफटिसीको प्रमुख कार्यालय अमेरिकाको पोर्टल्यान्डमा रहेको छ । संयोजक क्षेत्रीले १४ औँ संस्करणको आयोजना गर्ने जिम्मेवारी सोललाई दिएकोमा आइओएफटिसीलाई धन्यवाद दिँदै खुशी पनि व्यक्त गरे । 

अमेरिकाको पोर्टल्यान्डस्थित आइओएफटिसीले प्रत्येक दुई वर्षमा इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसीपको आयोजना गर्दै आएको छ । आइओएफटिसीले पालैपालो एक संस्करण अमेरिका र अर्को संस्करण अमेरिका बाहिर गर्दै आएको छ । 

जसअनुसार आइओएफटिसीको आप्mनो प्रमुख कार्यालय रहेको पोर्टल्यान्डमा पाँच संस्करण, नेपालमा चार संस्करण, भारत, बेलायत र हङकङ र अमेरिकाकै मिचिगनमा एक–एक संस्करणको आयोजना भइसकेको छ ।

संयोजक क्षेत्रीले दुई वर्षअघि मिचिगनमा सफलतापूर्वक आइओएफटिसी सम्पन्न भइसकेको र अब दक्षिण कोरियाको सोलमा हुने १४ औँ संस्करण अझ भव्य बनाउने लक्ष्य लिएको बताए ।

यस प्रतियोगितामा नेपाल, दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चिन, मेक्सिकोलगायतका राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा सात सयभन्दा बढी खेलाडीले भाग लिने आयोजकको अपेक्षा छ ।

इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपमा सिनियर पुरुष र महिलाको समान आठ–आठ तौलसमूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी, जुनियरतर्फ महिला र पुरुष गरी दस–दस तौल समूह र क्याडेट वर्गमा दस–दस तौल समूहमा खेलाइनेछ । सिनियर, जुनियर र क्याडेट पुम्सेमा व्यक्तिगत, जोडी र टिम गरी तीन इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्ट पनि सामेल छन् ।

प्रतियोगितामा कूल ६५ स्वर्ण पदक, ६५ रजत पदक र १३० काश्य पदकका लागि प्रतिस्पर्धा हुनेछ । यसबाहेक बोर्ड ब्रेकिङ इभेन्टमा पनि पदक दिइनेछ ।

ubro
khelpati app
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
  • ताजा समाचार
  • खेल आज
नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य
नेपाललाई भारतको २ सय ३ रनको लक्ष्य
नेपालविरुद्ध यशस्वीको शतक 
नेपालविरुद्ध यशस्वीको शतक 
दीपेन्द्रलाई भारतको पहिलो विकेट
दीपेन्द्रलाई भारतको पहिलो विकेट
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत
मुड्रिकको गोलमा चेल्सीको जित
मुड्रिकको गोलमा चेल्सीको जित
नेपालविरुद्ध यशस्वीको शतक  स्थानः समयः
दीपेन्द्रलाई भारतको पहिलो विकेट स्थानः समयः
नेपालविरुद्ध भारतको उत्कृष्ट सुरुआत स्थानः समयः
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- 9841463413
[email protected]
[email protected]

विज्ञापनको लागि :- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
कार्यकारी सम्पादक भुपेश उपाध्याय
सम्पादक निशान राई
संवाददाता विशाल पन्त आशिष दाहाल सागर अधिकारी
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
प्रदेश संयोजक मनोज थापा (हिमालयन मनोज) नमिन ढकाल नारायण क्षेत्री
क्रिएटिभ हेट हेमराज हमाल
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP