• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
स्वीमिङ्ग
  • गृहपृष्ठ
  • स्वीमिङ्ग
हिटिङ सिस्टमको पौडी पोखरी निर्माणमा तीव्रता
विश्वास थापा
मंगलबार, असोज १६, २०७५ विश्वास थापा
हिटिङ सिस्टमको पौडी पोखरी निर्माणमा तीव्रता

काठमाडौं ।  नेपालको पौडी खेलको विकासक्रम धेरै लामो छैन । २०३८ सालदेखि शुरु भएको नेपाल पौडी संघ अहिले पौडी विकासमा जोडतोडले लागेको दाबी गर्छ ।

घटनाक्रमलाई नियालेर हेर्दा नेपालले पौडी खेलमा फड्को मार्ने लक्ष्य लिएको छ । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतियोगिता आयोजना र सहभागितालाई हेर्दा सन्तोष मान्ने ठाउँ त रहला तर उपलब्धीको पाटो निकै चिन्ताजनक छ ।

पौडीका लागि भनेर ललितपुरको सातदोबाटोमा एक मात्र अन्तराष्ट्रिस्तरको पौडी पोखरी छ । त्यो पनि अहिले राम्रोसंग चलेको छैन । कहिले पानी, कहिले पोखरीको समस्याले पौडी पोखरी राम्रोसंग सञ्चालनमा आउन सकेको छैन् ।

सन् २०१९ मा नेपालमा हुने दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागलाई लक्षित गर्दै सातदोबाटोमा रहेको अन्तराष्ट्रिय पौडी पोखरीको छेउमा हिटिङ सिस्टमको पौडी पोखरीको काम अगाडी बढेको छ ।

मौसमी खेलका रुपमा चिनिएको पौडीलाई बर्षभरी खेल्न योग्य बनाउन सरकार र पौडी संघको लगानीमा हिटिङ सिस्टमको पौडी पोखरी नेपालमा पहिलो पटक निर्माण भईरहेको छ ।

पौडी खेलले नेपालमा भर्खरै गति लिन थालेको छ । नेपालमा प्राय गर्मी महिनामा प्रतियोगिता खेलाईन्छ । तर, जोडोको समयमा नेपालमा अभ्यास गर्न खेल्नका लागि पौडी पोखरीको व्यवस्था छैन । यो समस्या राष्ट्रिय खेलाडीले अझ बढी भोग्दै आएका छन् ।

सातदोबाटोमा बनिरहेको हिटिङ पौडी पोखरीले अब त्यो समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । हिटिङ पौडी पोखरीको निर्माणले खेलाडीलाई १२ महिनानै प्रशिक्षण गर्न मिल्ने र वर्षभरी प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको पौडीसंघका अध्यक्ष अशोक रत्न बर्जाचार्यले बताए ।

'पौडीले नेपाली खेलकुद क्षेत्रका फड्को मारेको छ, त्यो अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा समेत देखिन्छ । र,पदकको हिसाबले समेत प्रमाणित हुन्छ ।' बज्राचार्य भन्छन्, ‘नेपालको लक्ष्य एसियाली गेम्समा स्वर्ण पदक होईन तर एक मिनेटमा पार गर्ने दुरी ५८ सेकेन्डमा खेलाडीले पार गरेपनि त्यो खुसीको कुरा हो । तर हामीले स्वर्ण जित्न सक्दैनौ भन्ने चाँही होईन ।’

बज्राचार्यका अनुसार पौडीमा नेपालले राम्रो नजिता ल्याउन आफ्नो स्तरलाई माथि लैजाने बिषयमा सोच्नुपर्छ । नयाँ प्रकारको तयारीले मात्र सकारात्मक नतिजा आउन सक्ने उनले बताए ।

‘सन् २०१९ मा नेपालमा हुने सागमा भने हामी पौडीको सबै स्पर्धामा पदक जित्ने लक्ष्यमा छौ ।’ उनले भने ।

गत असोजमा शिलान्यास गरिएको हिटिङ पौडी पोखरीको अहिले बेस ढलानको काम भइरहेको छ । कुल २२ करोड रुपैयाँमा निर्माणाधिन पौडी पोखरीमा संघले २० प्रतिशत र बाँकी रकम सरकारले लगानी गर्नेछ ।

बज्राचार्यका अनुसार सन् २०१९ को फेब्रुअरीको अन्तिमसम्म ठेकेदारले संघलाई पौडी पोखरी हस्तान्तरण गर्ने र मार्च महिनामा हुने सागका लागि पोखरी तयार हुनेछ ।

हिटिङ पौडी पोखरी २५ मिटर लामो हुनेछ । अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार बनाउन थालिएको पौडी पोखरीको समयमै निर्माण भए पौडी खेलाडीलाई ठूलो राहत मिल्नेछ ।

हिटिङ पौडी पोखरी नहुँदा प्रतियोगिता आयोजना गर्न गार्मी सिजननै कुर्नुपर्ने बाध्यता छ । प्रतियोगिता मात्र नभएर अभ्यास समेत जाडोयाममा सम्भव भईरहेको थिएन । प्रशिक्षणका लागि लाखौं रुपैयाँ खर्चेर वैदेशिक प्रशिक्षणमा जानुपर्ने बाध्यता छ ।

हिटिङ पौडी पोखरी निर्माण भए खेलाडी उत्पादनमा ठुलो सहयोग मिल्ने बज्राचार्यको भनाई छ । ‘नेपालमा पौडीको विकास सुक्ष्म  रुपमा भइरहेको छ । विश्व परिवेशमा पौडी खेलको विकास र स्तर धेरै माथि पुगेपनि नेपालमा पौडी खेलको विकासक्रम प्रारम्भिक अवस्थामा मात्र छ ।’ उनी भन्छन् ।

पछिल्लो समय शहरका निजी विद्यालयले पौडी खेललाई अगाडि बढाउन खोजेपनि सरकारी स्तरबाट पौडीको पुर्वाधार विकासमा खासै चासो नदिएको बज्राचार्यको आरोप छ ।

अब बन्ने हिटिङ पौडी पोखरीले यस खेलको विकासमा फड्को मार्ने संघले विश्वास लिएको छ ।

‘पौडीको ज्ञान सबैमा हुन आवश्यक छ । यसलाई खेलको रूपबाट मात्र हेर्नु हुदैन । पौडी व्यक्तिको सुरक्षाको दृष्टिले पनि महत्वपूर्ण छ । मनोरञ्जनका हिसाबले समेत पौडीको महत्व कम छैन ।’ बज्राचार्य भन्छन्, ‘राज्यले पौडीमा लगानी बढाएको खण्डमा हामीले अन्तराष्ट्रिय स्तरमा राम्रो नतिजा ल्याउन सक्छौ ।’

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एस्काको स्विमिङ कोर्स नेपालमा
एस्काको स्विमिङ कोर्स नेपालमा
डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान
डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवानासहित चार खेलाडीको चुनौती
विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा डुवानासहित चार खेलाडीको चुनौती
एनएसए पौडी : अजलकाजी सर्वोत्कृष्ट 
एनएसए पौडी : अजलकाजी सर्वोत्कृष्ट 
विद्यालयस्तरीय पौडी प्रतियोगितामा स्वस्तिश्री उत्कृष्ट
विद्यालयस्तरीय पौडी प्रतियोगितामा स्वस्तिश्री उत्कृष्ट
एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने
एनएसए कप खुला तथा उमेरसमूह पौडी प्रतियोगिता हुने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल र डर्टमुन्ड भिड्ने
क्वार्टरफाइनलमा रियल
क्वार्टरफाइनलमा रियल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
श्रीलंकासँग कहिल्यै नहारेको नेपाल
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP