काठमाडौं । युवा तथा खेलकुद मन्त्री विराज भक्त श्रेष्ठले मंगलबार फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल ग्रामको निरीक्षण गरेका छन्।
धनगढीमा भएको भ्रमणका क्रममा फाप्ला विकास समितिका अध्यक्ष सुबाश शाहीले डिपीआर र ईआईए लगायतका विषयमा जानकारी गराएका थिए।
शाहीले डिपिआर अहिले प्रक्रियामा रहेको र तीन महिनामा तयार हुने पनि बताएका थिए। उनले दुई वर्ष अगाडि मात्र ४१ बिगाहा जग्गा फाप्ला विकास समितिको मातहतमा आएको पनि जानकारी दिएका थिए।
प्रधानमन्त्रीको भारत भ्रमणमा फाप्ला क्रिकेट स्टेडियम निर्माणमा भारत सरकारले सहयोग गर्ने सहमति भएको थियो। डिपिआर तयार भए लगतै फाप्ला विकास समितिले परराष्ट्र मन्त्रालय मार्फत डिपीआर लगायतका विवरण भारत पठाउने तयारी गरेको छ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत फाप्ला विकास समिति रहेको छ।
![](https://demo.khelpati.com/uploads/editor/2024-06-11/124117256biraj in faplaa.jpeg)
निरीक्षण लगतै फाप्ला खेलकुद विकास समितिको बोर्ड बैठक बसेको थियो। जहाँ अहिलेसम्मको प्रगति विवरण प्रस्तुत गरियो।
मन्त्री श्रेष्ठले प्रगतिको जानकारी लिएर डिपीआर र ईआईएको काम समयमा नै पुरा गर्न निर्देशन दिएका थिए।