• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
सोमबार, माघ १६, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
national life insurance ad
कराँतेको नेतृत्व लिन युवराज लामालाई प्रस्ताव
खेलपाटी संवाददाता
आइतबार, माघ ८, २०७९ खेलपाटी संवाददाता
कराँतेको नेतृत्व लिन युवराज लामालाई प्रस्ताव

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले नेपाल कराँते महासंघको नेतृत्व लिन पूर्व सदस्य सचिव युवराज लामालाई प्रस्ताव गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन अनुसार राष्ट्रिय खेल संघलाई निर्वाचनमा लैजाने तयारी गरेको राखेपले पूर्व सदस्य सचिव लामालाई कराँतेको नेतृत्वका लागि प्रस्ताव गरेको हो ।  

राष्ट्रिय र अन्तराष्ट्रिय मान्यताका आधारमा विभाजित कराँतेको अवस्था नेपालमा दयनिय छ । संघभित्रको अराजकता र अनियमितताले अन्तराष्ट्रिय रुपमा सफल खेल मध्यको एक कराँते भद्रगोल अवस्थाबाट गुज्रिरहेको छ । महासंघले अन्तराष्ट्रिय रुपमा आवश्यक समन्वय र आर्थिक अनुशासन नदेखाउँदा नेपाली खेलाडीले आधिकारिक एसियाली र विश्व च्याम्पियनसिपका प्रतियोगिताबाट खेल्न बञ्चित हुँदै आउनु परेको छ । 

kamana bank
clasic tec

नयाँ ऐन अनुसार संघलाई निर्वाचनमा लैजाने गृहकार्य गरिरहेका राखेप सदस्य सचिव टंकलाल घिसिङले कराँतेको नेतृत्वका लागि लामालाई प्रस्ताव गरेका छन् । उनले कराँते जस्तो राष्ट्रिय गौरवको खेलको नेतृत्व लिएर यसलाई चलायमान र नतिजामुखी बनाउने अभियानमा सहयोग गर्न पूर्व सदस्य सचिव लामालाई अनुरोध गरेका छन् । राखेप स्रोतका अनुसार लामाको संयोजकत्वमा तदर्थ कमिटी गरेर निर्वाचनमार्फत संघको नेतृत्वमा लामालाई ल्याउने गृहकार्य भैरहेको छ । 

‘चार वर्षअघि दुई वटा संघका पदाधिकारीमा सहमती कायम गर्दै तदर्थ कमिटी गठन गरिएको छ । तर तीन महिनाभित्र निर्वाचन गर्ने म्यानडेट पाएको कमिटीले निर्वाचन गर्नै सकेन ।’ सदस्य सचिव निकट एक खेल पदाधिकारीले खेलपाटीसँग भने, ‘कराँते जस्तो अन्तराष्ट्रिय रुपमा सफल खेलको नेतृत्व पूर्व सदस्य सचिवले लगिदिए हुन्थ्यो भन्ने प्रयास सदस्य सचिवको छ । सहमतीमार्फत तदर्थ कमिटी गठन गरेर चाँडै घोषणा हुने सम्भावना छ ।’ 

राखेपले नेतृत्वका लागि प्रस्ताव गरेपनि लामाले भने स्पष्ट जवाफ दिएका छैनन् । तर राखेप लामाकै नेतृत्वमा कराँते महासंघको पुनर्गठन गर्ने गृहकार्यमा जुटेको छ । लामा भने कराँतेका सिनियर लिडर सहित खेलकुदका उच्च पदस्थ पदाधिकारीसँग परामर्शमा छन् । 

युवराज लामा राखेपका पूर्व सदस्य सचिवमात्र नभएर कराँतेका संस्थापक नेतृत्वकर्ता पनि हुन् । उनी कराँतेका पूर्व राष्ट्रिय खेलाडी र प्रशिक्षक समेत हुन् । उनले पहलमा तत्कालिन समयमा ठुलो लगानीमा सातदोबाटोमा कराँतेको प्रशिक्षण हल तयार भएको थियो । 

अन्तराष्ट्रिय रुपमा सफल खेलको परिचय बनाएको कराँते नेपालमा भने सधै विवाद र कुशासनको घेरामा रह्यो । राष्ट्रिय र अन्तराष्ट्रियताको विवादसँगै कराँतेको बेल्ट बेच्नेदेखि विदेशमा मान्छे लगेर छाड्नेसम्मको आरोप कराँतेका पदाधिकारीमाथि लाग्दै आएको छ । 

चार वर्षअघि युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको संघको विवाद समाधान तथा समस्या सहजीकरण समितिले अस्तित्वमा रहेका दुवै कराँते संघलाई नयाँ निर्वाचनमार्फत विवाद समाधानका लागि सहमती गराएको थियो । तत्कालिन उपाध्यक्ष पिताम्बर तिम्सिना नेतृत्वको समितिले शम्भु आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन गरेको थियो । तर समितिले तीन महिनाभित्र निर्वाचन गर्ने म्यानडेट पाएपनि काम गर्न सकेन । सम्बन्धित संघ विवादमै अल्झिदाँ अन्तराष्ट्रिय रुपमा समेत कराँतेको नतिजा खस्किन सुरु भएको छ। 

कराँतेमा नयाँ नेतृत्व ल्याएर खेललाई चलायमान र नतिजामुखी बनाउने उद्धेश्यका साथ राखेपले आन्तरिक गृहकार्य सुरु गरेको हो । नयाँ ऐनको व्यवस्था अनुसार राखेपले लामाको नेतृत्वमा कराँते महासंघको पुनर्गठनको तयारी थालेको हो । 

राखेप पूर्व सदस्य सचिव लामाले कराँते महासंघको नेतृत्वका लागि आफुलाई राखेपबाट प्रस्ताव आएको स्विकार गरे । ‘राखेप र कराँतेभित्रकै साथीहरुबाट नेतृत्वका लागि प्रस्ताव र अनुरोध आएको छ ।’ उनले खेलपाटीसँग भने, ‘प्रस्तावलाई मध्यबिन्दुमा बसेर हेरिरहेको छु । अहिल्यै केही जवाफ फर्काएको छैन ।’

राखेपका पूर्व सदस्य सचिव हुन् । उनलाई तत्कालिन नेकपा माओवादी नेतृत्वले  राखेपको सदस्य सचिवको जिम्मेवारी दिएको थियो । लामालाई खेलकुदमा सफल सदस्य सचिवको रुपमा लिईन्छ । वर्षभरी राष्ट्रिय टिमको तयारी, खेलकुदको पूर्वाधार निर्माण, खेलकुद संघलाई चलायनमान बनाउने, तदर्थवादमा चलेका संघलाई निर्वाचनमा लैजाने लगायतको काम गरेका थिए । सदस्य सचिवबाट बिदा भएपछि लामा भने मोफसलमा बसेर पर्यटन र व्यवसायमा सक्रिय रहदै आएका छन् । 

खेलपाटीसँग कुरा गर्दै लामाले कराँतेका सरोकारवाला निकायबाट खेल विकासको सन्दर्भमा प्रतिबद्धता आएको खण्डमा आफु नेतृत्वका लागि तयार रहेको बताए ।

‘कराँतेको नेतृत्वका लागि प्राविधिक रुपमा प्रस्ताव गर्दा नाई भन्दिन । तर राजनीतिक रुपमा दिने जिम्मेवारी लग्दिन । टिम राम्रो भए, कराँतेलाई अभियानको रुपमा सञ्चालन गर्ने सर्वसहमती जुट्छ भने तयार छु ।’ उनले भने, तर नियमनकारी निकाय राखेप र ओलम्पिकको राजनीतिमा परेको कराँतेमा बसेर मलाई थप राजनीति गर्न भने छैन ।’ 

khelpati app
kamana bank
प्रतिक्रिया दिनुहोस्
थप समाचार
gorkha
Classic Tech
kamana bank ad
  • ताजा समाचार
  • खेल आज
युएईमा अनिशालाई स्वर्ण
युएईमा अनिशालाई स्वर्ण
आर्सनलको प्रस्ताव अस्विकार
आर्सनलको प्रस्ताव अस्विकार
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने
बक्सिङको महिला विश्व च्याम्पियनसिपका लागि खुला छनोट हुने
मुरली विजयले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
मुरली विजयले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास
शहीदप्रति राखेपको श्रद्धाञ्जली
शहीदप्रति राखेपको श्रद्धाञ्जली
linin
H-tiger shoes
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
Shine Resunga development bank
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • कतार विश्वकप २०२२
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हिम बिक्रम केसी
प्रधान सम्पादक रोशन राउत
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा सागर अधिकारी
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
लुम्बिनी प्रदेश मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया विशाल पन्थ
बजार प्रमुख कृष्ण प्रसाद कँडेल
बिजिनेश हेड आर्यन पौडेल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2023 Web Design by : SoftNEP