• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
एसएसएलसँगको सम्झौता रद्ध गरिने
खेलपाटी संवाददाता
शुक्रबार, असार २४, २०७९ खेलपाटी संवाददाता
एसएसएलसँगको सम्झौता रद्ध गरिने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) बीचको सम्झौता रद्ध हुने भएको छ । 

एन्फा र असन्तुष्ट ए डिभिजन क्लबबीच शुक्रबार बसेको बैठकले एनएसएलसँगको सम्झौता रद्ध गर्ने निर्णय गरेको हो ।

एनएसएलसँग गरिएको सम्झौताको कतिपय बुँदामा त्रुटि देखिएको निष्कर्ष सहित सम्झौता रद्धका लागि सिफारिस गर्ने निर्णय बैठकले गरेको हो ।

'एनएसएल र एन्फाबीचको सम्झौतामा कतिपय बुदाहरु नमिल्ने थियो ।  त्यसैले सम्झौता खारेज गर्नुपर्ने भन्ने कुरा गर्यौं,' बैठकमा सहभागी थ्री स्टार क्लबका महासचिव सन्जिब शिल्पकारले भने, 'सम्झौता खारेज गर्नका लागि एन्फाको कार्यसमितिमा लैजाने सहमति भएको छ ।'

बैठकमा असन्तुष्ट चार क्लब थ्री स्टार, मनाङ मर्स्याङ्दी, संकटा र न्युरोड टिम (एनआरटी) का प्रतिनिधिको उपस्थिति रहेको थियो ।

फुटबलमा कर्पोरेट क्षेत्रको लगानी भित्र्याउने उद्धेश्य सहित चार वर्षअघि एन्फाले चौधरी ग्रुप स्वामित्वको नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीसँग एनएसएल आयोजनाको औपचारिक सम्झौता गरेको थियो । चार वर्षका लागि गरिएको सम्झौता दोस्रो संस्करण सुरु नहुँदै विवादमा पर्यो । 

कोभिडको प्रभावका बीच बन्द रंगशालामा पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेर आयोजकले लोकप्रियता कमाएको थियो । तर दोस्रो संस्करण सुरु हुनुअघि ए डिभिजनका केही ठुला क्लबले प्रक्रिया पुरा नगरि आफ्ना खेलाडी अनुबन्ध गरिएको भन्दै एन्फा र एनएसएलसँग असन्तुष्टि जनाएका थिए । सोही असन्तुष्टिका कारण एनएसएलको दोस्रो संस्करण आयोजना हुन सकेन । 

दोस्रो संस्करण आयोजनासँगै सम्झौता खारेज हुने गरि एन्फाले अनुमती दिएको थियो । तर एनएसएल आबद्ध क्लबले प्रतियोगिताको दिर्घकालिन सुनिश्चितता नभएर सहभागी नहुने अडान राखे । त्यसपछि एन्फा निर्वाचनलाई केन्द्रित गर्दै आयोजकले भदौ २५ देखि कात्तिक ५ गतेसम्म दोस्रो संस्करण आयोजनको स्विकृती लिएको थियो । 

एन्फा नेतृत्वमा पंकजबिक्रम नेम्वाङ आए लगत्तै क्लबसँग छलफल गरेर मात्र एनएसएलबारे निर्णय दिने बताएका थिए । सोही अनुसार शुक्रबार एन्फा र असन्तुष्ट क्लब थ्री स्टार, मनाङ, संकटा र एनआरटीको बैठक बस्यो । क्लबहरुको असन्तुष्टिको कारण देखाउँदै एन्फाले एनएसएलसँगको सम्झौता रद्ध गर्ने निर्णय गर्दै कार्यसमितिमा प्रस्ताव लैजाने भएको छ । 
 

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
कार्यक्रम नै स्वीकृत नगरी राखेपले गर्‍यो डेढ अर्ब खर्च
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको सुपर थ्रीको सम्भावना कायमै
नेपालको खेलमा फेरि वर्षा बाधक
नेपालको खेलमा फेरि वर्षा बाधक
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
दुई खेलअगाबै नयाँबस्ती रेलिगेसनमा
मियामीको नाटकीय बराबरी
मियामीको नाटकीय बराबरी
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
५१ वर्षपछि बोलोग्नालाई ऐतिहासिक उपाधि
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP