• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
मंगलबार, साउन २४, २०७९
Khelpati
h-TIGER
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
  • साग गेम्स
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
umbro
साग खेलकुद : पाकिस्तानले बढायो सक्रियता 
खेलपाटी संवाददाता
मंगलबार, असार १४, २०७९ खेलपाटी संवाददाता
साग खेलकुद : पाकिस्तानले बढायो सक्रियता 

काठमाडौं । सरकार परिवर्तनसँगै १४ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि पाकिस्तान सक्रिय देखिएको छ । कोभिडका कारण गतवर्ष प्रतियोगिता आयोजना गर्न नसक्ने बताएको पाकिस्तानले सरकार परिवर्तन भएसँगै साग खेलकुद आयोजनालाई लिएर सक्रियता बढाएको हो । 

पाकिस्तान ओलम्पिक कमिटीको इमरान खान नेतृत्वको सरकारसँग सम्बन्ध राम्रो नभएका कारण प्रतियोगिता आयोजनाले गति लिन सकेको थिएन । खान नेतृत्वको सरकार परिवर्तन भएसँगै पाकिस्तान ओलम्पिक कमिटीले साग खेलकुदमा सक्रियता बढाएको छ । 

नेपाल ओलम्पिक कमिटी (एनओसी)का महासचिव निलेन्द्र राज श्रेष्ठले साग खेलकुद आयोजनाका लागि पाकिस्तान ओलम्पिक कमिटीले सक्रियता बढाएको बताउँछन् । ‘सरकार परिर्वतन भएसँगै पाकिस्तानको ओलम्पिक कमिटीको सक्रियाता बढेको छ । प्राय शान्त रहेका पदाधिकारी नयाँ सरकार आएसँगै प्रतियोगिताको आयोजनालाई लिएर संवादलाई तिव्रता दिएका छन् ।’ उनले खेलपाटीसँग भने ।

सोमबार मात्र दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठक बसेको थियो । बैठकले प्रतियोगितामा समावेश हुने खेल र नयाँ मितिको सन्दर्भमा छलफल गरेको छ । 

नेपालमा आयोजना भएका २८ खेलमा तीन खेल थपेर आयोजक राष्ट्र पाकिस्तानले छलफललाई अघि बढाएको छ । पाकिस्तानले १४ औं सागमा रग्बी, बेसवल, जिन्म्याष्टिक गरि तीन खेललाई प्रतियोगितामा समावेश गर्न प्रस्ताव गरेको छ । 

‘सहभागी देशले छलफल गरेर प्रस्तावको टुङ्गोमा पुग्ने निर्णय भएको छ । सम्बन्धित खेलमा कम्तिमा चार देशले खेल्नुपर्ने भएकाले टुङ्गो लाग्न बाँकी छ । दुई दिनमा छलफल गरेर सबै देशले टुङ्गो लगाउने सहमती बनेको छ ।’ एनओसीका महासचिव श्रेष्ठले भने । 

पाकिस्तानको सरकार र त्यहाँको ओलम्पिक कमिटीको दुरीका कारण साग खेलकुदको आयोजना अन्यौलमा परेको थियो । पाकिस्तानको खेलकुद क्षेत्र सरकारी हस्तक्षपका कारण समस्या छ । फिफाले पाकिस्तानको फुटबललाई प्रतिबन्ध लगाएको छ भने पाकिस्तानी ओलम्पिक कमिटीले जुडो, साइक्लिङ र एथलेटिक्स खेललाई निलम्बन गरेको छ ।

पाकिस्तानमा साग खेलकुद आयोजनामा अन्यौलता देखिएपछि दक्षिण एसियाली देशका ओलम्पिक कमिटीबीच अन्य देशमा प्रतियोगिता आयोजना गर्ने गरि छलफल अघि बढेको थियो । बंगलादेशलाई प्रतियोगिता आयोजनाको जिम्मेवारी लिन सागका ओलम्पिक कमिटीका सदस्यले लबिङ गर्न सुरु गरेका थिए । 

पाकिस्तानले सन् २०२३ को मार्चमा साग खेलकुद आयोजनाको मिति प्रस्ताव गरेको थियो । तर देश निर्वाचनमा जान लागेका कारण मार्चको समय परिवर्तन हुन सक्ने पाकिस्तानी अधिकारीले सागको बैठकमा जानकारी गराएका छन् । उनीहरु अक्टोबरमा साग खेलकुद आयोजनाका लागि आफुहरु तयार रहेको संकेत गरेका छन् । तर आसन्न एसियन गेम्स समेत सेप्टेम्बर, अक्टोबरमाको मितिमा आयोजना गर्ने गरि तयारी अघि बढिरहदाँ साग खेलकुद प्रभावित हुने दक्षिण एसियाली ओलम्पिक कमिटीका सदस्य राष्ट्रको भनाई छ । 

‘एसियन गेम्सको तीन महिना अघि साग खेलकुद आयोजना गर्न सकेको खण्डमा सोही खेलनै एसियन गेम्सका लागि छनोट प्रतियोगिता पनि हुने र तयारीपनि राम्रो हुने सुझाव राखेका छौं । हप्ता, १० दिनमा साग खेलकुदको मितिको विषयमा समेत टुङ्गो लाग्नेछ ।’ श्रेष्ठले भने । 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
खेलाडीलाई ४५ दिन बन्द प्रशिक्षणमा राख्ने निर्णय 
'नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन'
'नवौं राष्ट्रिय खेलकुदलाई निर्वाचनले प्रभाव पार्दैन'
राजन पियाको नेतृत्वमा नासा नेपालको बागमती प्रदेश गठन
राजन पियाको नेतृत्वमा नासा नेपालको बागमती प्रदेश गठन
नेपाली खेलकुद जोगाउन अलमुताईरीको आग्रह
नेपाली खेलकुद जोगाउन अलमुताईरीको आग्रह
9th nastional game
Lining Nepal
  • ताजा समाचार
  • खेल आज
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
कहिले आईपुग्छन् मुख्य प्रशिक्षक प्रभाकर ?
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
टेनिस सुन्दरी राडुकानु भन्छिन्, 'कुनै दबाब छैन'
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
भारतलाई फिफा प्रतिबन्धको खतरा ! विश्वकप आयोजना गुम्ने डर 
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
डिफेन्डर बेन ३ महिना मैदान बाहिर
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
‘पाँडे बर्खास्तीको माग एजेण्डाको रुपमा छलफल हुन्छ’
Shine Resunga development bank
हट–शटहट–शट
कृतिका मरासिनी क्रिकेटर कृतिका मरासिनी Weight 50 kg Height 5.3 ft Birthday Jul 26
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • विद्यालय खेलकुद
  • अन्य
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि :- ९८४१४६३४१३ / ९८५१०८५२०३
[email protected]
[email protected]

विज्ञापनको लागि :- ९८४४७५२०९६ / ९८२३५४२४९९
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रमुख कार्यकारी अधिकृत हरि थापा
सम्पादक हिम बिक्रम केसी
समाचार प्रमुख निशान राई
संवाददाता विश्वास थापा
गण्डकी प्रदेश संयोजक नारायण क्षेत्री
प्रदेश-५ संयोजक मनोज थापा (हिमालयन मनोज)
नेपालगञ्ज ब्युराे बिक्रम बुढा क्षेत्री
बजार प्रमुख कृष्ण प्रसाद कँडेल आर्यन पौडेल
प्रदेश-१ संयोजक नमिन ढकाल
कर्णाली प्रदेश संयोजक गीता थापा
मल्टिमिडिया निशान्त श्रेष्ठ
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© खेलपाटी मिडिया प्रा.लि. - 2022 Web Design by : SoftNEP