• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेल संस्था
  • गृहपृष्ठ
  • खेल संस्था
फरक मत राख्दा दुर्व्यवहार भयो - महासचिव भट्टाचार्य
खेलपाटी संवाददाता
शनिबार, साउन १७, २०७७ खेलपाटी संवाददाता
फरक मत राख्दा दुर्व्यवहार भयो - महासचिव भट्टाचार्य

काठमाडौं । नेपाल बक्सिङ संघका महासचिव सविन भट्टाचार्यले संघको केन्द्रीय पूर्ण कार्यसमिति बैठकमा आफुलाई दुर्व्यवहार भएको बताएका छन् ।

महासचिव भट्टाचार्यले शनिबार एक विज्ञप्ति निकाल्दै शुक्रबार बसेको कार्यसमिति बैठकमा आफुलाई दुर्व्यवहार भएको बताएका हुन् ।

बैठकमा आफुले फरक मत राख्दा संघका सदस्य दिपक महर्जनले आफुलाई अभद्र व्यवहार गरेको भट्टाचार्यले बताएका छन् ।

कार्यसमितिका पदाधिकारीको न्यून उपस्थिति रहेको कारण थप छलफल गर्नु पर्ने विषय बहुमतको आधारमा लैजान खोजिएपछि आफुले फरक मत राखेको कारण दुर्व्यवहार भएको भट्टाचार्यले विज्ञप्तिमा जनाएका छन् ।

उनले आफुलाई दुर्व्यवहार हुँदा संघका अध्यक्ष राम अवाले सँगै भएपनि अध्यक्षबाट कुनैपनि प्रतिक्रिया नआएपछि आफुले विज्ञप्ति निकाल्न बाध्य भएको बताएका छन् । उनले दुर्व्यवहारको घोर भर्त्सना समेत गरेका छन् ।

'शुक्रबारको बैठकमा उपस्थिति न्युन नै थियो । प्रस्ताव गरिएका विषयहरुमा मिहिन ढंगले छलफल गर्नु पर्नेमा साथीहरुबाट छलफल नै नगरी बहुमतका आधारमा जवरजस्ती लाद्न खोजेपछि म महासचिवले तयार गर्दै गरेको माइन्युट बुकमा मेरो असहमति पनि समावेश गर्छु अर्थात लेख्छु भन्दा दीपक महर्जन कड्किए र मलाई अभद्र व्यवहार गरे,' विज्ञप्तिमा भनिएको छ, 'आफूमाथि ज्यादती हुँदा अध्यक्ष राम अवाले पनि सँगै हुनुहुन्थ्यो । मैले आफूमाथि भएको अभद्र व्यवहारका बारेमा उहाँलाई भनें । तर, उहाँबाट केही प्रतिक्रिया नआएपछि मैले बाध्य भएर यो प्रेस विज्ञप्ति जारी गरेको हुँ ।'

कोरोनाको कारण लामो समयपछि बक्सिङ संघले बिहीबार केन्द्रीय कार्यसमिति बैठक बोलाएको थियो । थप छलफल गर्न बैठकले शुक्रबारसम्म निरन्तरता पाएको थियो ।

महासचिव भट्टाचार्यले राजधानी बाहिर भएका पदाधिकारीहरुकोको असन्तुष्टिका बाबजुत बैठक डाकिएको समेत बताएका छन् ।

भट्टाचार्यले दिपक संघको सदस्य भएपनि उपस्थितिमा हस्ताक्षर नगरी पूर्ण कार्यसमिति बैठकमा कुन हैसियतमा उपस्थित भएको भनेर प्रश्न समेत गरेका छन् ।

राखेपको नयाँ खेलकुद विकास ऐन समेत दिपकले नमानेको महासचिव भट्टाचार्यको आरोप छ ।

'दीपक महर्जन नेपाल बक्सिङ संघका सदस्य भए पनि उनले उपस्थितिमा हस्ताक्षर नगरेको जानकारी गराउँदछु । उनी कुन हैसियतमा पूर्ण कार्यसमिति बैठकमा उपस्थित भएका हुन्, त्यो स्पष्ट गरिएको छैन,' विज्ञप्तिमा भनिएको छ, 'दीपक महर्जन राष्ट्रिय खेलकुद परिषद्का सहायक प्रशिक्षक हुन् । हालै लागु भएको नयाँ खेलकुद विकास ऐन अनुसार नेपाल बक्सिङ संघको कार्यसमिति वा सहायक प्रशिक्षकबाट राजीनामा दिनुपर्ने हुन्छ । अहिलेसम्म उनले दुवै पद छाडेका छैनन् ।'

महासचिव भट्टाचार्यले संघमा आर्थिक अनियमितता हुँदै आएको आरोप समेत लगाएका छन् ।

'विगत लामो समयदेखि नै संघमा आर्थिक अनियमितता हुँदै आएको छ । निर्वाचित कोषाध्यक्षबाट कोष परिचालन नगरी मनोमानी ढंगले विधानको मर्मविपरीत कोष सञ्चालन हुँदै आएको पनि यस विज्ञप्तिमार्फत जानकारी गराउँछु,' विज्ञप्तिमा भनिएको छ ।

यस्तै भट्टाचार्यले संघ एकलौटी र तानाशाही ढंगबाट चल्दै आएको समेत बताए ।

'विगत लामो समयदेखि नेपाल बक्सिङ संघ एकलौटी, स्वेच्छाचारी र तानाशाही ढंगबाट चल्दै आएको छ । नेपाल बक्सिङ संघका अध्यक्ष महाशयबाट कार्यसमितिको नेतृत्व गरेदेखि नै मेरो महासचिव पदको अवमूल्यंन गर्दै बैठकको सूचना पनि मलाई जानकारी नगराई आफ्नै नजिकका व्यक्तिहरु बसी माइन्युट पनि आफै लेख्ने कार्य गरेर मेरो जिम्मेवारी समेत बञ्चित गरिएको छ,' विज्ञप्तिमा भनिएको छ ।

भट्टाचार्यले साउन १५ को पूर्ण कार्यसमिति बैठकको माइन्युट भने आफैले तयार गरेको र आर्थिक अपचलनका विषयमा असहमति जनाएकोमा सुनियोजित तवरले दीपकलाई प्रयोग गरी अध्यक्ष महोदयले मलाई बैठक छाडेर जान बाध्य पारी नयाँ माइन्युट खडा गरेको दाबी पनि गरेका छन् ।

उनले यो कार्यसमिति निर्वाचित भएर आएको चार वर्षको अवधिमा कुनै पनि साधारणसभा नगरेको र आर्थिक प्रतिवेदन समेत पास नभएको समेत बताए ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
नेपाल ओलम्पिक कमिटीका १६ वटा खाता पूर्णरुपमा रोक्का
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
निर्वाचन नभएका ७ खेलको तदर्थ समिति गठन 
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
दशौं स्थगित गर्ने निर्णयमा माओवादीको ‘नोट अफ डिसेन्ट’
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
राखेप बोर्ड बैठक सुरु भएन, दशौंमा लाग्यो ‘ग्रहण’ 
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
नैना र रोमासा चितवन मोटर र्यालीका च्याम्पियन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
दशौं राष्ट्रिय खेलकुदको ११ उपसमिति गठन
umbro nepal
  • ताजा समाचार
  • खेल आज
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
हाउन्ड्सको लगातार तेस्रो जित
हाउन्ड्सको लगातार तेस्रो जित
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
भारतसँग २ गोलले पछि पर्‍यो नेपाल
एक मिनेटमै नेपालले खायो २ गोल
एक मिनेटमै नेपालले खायो २ गोल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP